बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

लुम्बिनीको विकासका लागि पर्यटन आधार स्तम्भ हो : मुख्यमन्त्री आचार्य

आइतबार, २३ भदौ २०८१, १४ : ३४
आइतबार, २३ भदौ २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको विकासका लागि पर्यटन क्षेत्र आधार स्तम्भको रूपमा रहेको भएको बताएका छन् ।  

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रबाट लुम्बिनीको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योगदान पुर्‍याउने गरी बृहत् योजना निर्माणको चरणमा रहेको बताएका हुन् ।  

उनले  लुम्बिनी प्रदेशका १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्ने गरी बृहत् योजना निर्माण गर्न थालिएको बताए । उनले लुम्बिनीलाई पर्यटन सर्किटबाट जोड्ने योजना सरकारले बनाएको र यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्न सकिने योजना सुनाए ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पाल्पाको श्रीनगर, दरबार संग्रालय, रुरु क्षेत्र, रेसुंगा, छत्र महाराज, बल्कोट, सुपा देउराली, स्वर्गद्वारी, रोल्पाको युद्ध संग्रालय, सिस्ने, पुथा हिमाल भ्रमण गरेर दाङको धारा पानी भएर बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गराउन सक्ने गरी पर्यटन सर्किट निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । प्रदेश सरकार फजुल खर्च रोक्न प्रतिबद्ध रहेको उनले बताए । जिल्ला बाहिर जाँदा मुख्यमन्त्रीका नाममा खर्च भएका होटेलका विल मन्त्रालयमा पेस नगरिने उनले बताए । फजुल खर्च रोक्न पूर्वविशिष्ट व्यक्तिहरूको सेवा सुविधा खारेज गरिएको उनले जानकारी दिए । केही दिन अगाडि लुम्बिनी प्रदेशमा पूर्वविशिष्टहरूले प्रयोग गरेको सवारी  फिर्ता लिने निर्णय भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप