रामेछाप कांग्रेसमा विवाद, सभापतिको निर्णयविरुद्ध सचिव
आइतबार, २३ भदौ २०८१, १४ : २८
काठमाडौँ । रामेछाप कांग्रेसमा नेतृत्वको कार्यशैलीलाई लिएर विवाद उत्पन्न भएको छ । सङ्घीय सरकारका ऊर्जा राज्यमन्त्रीसमेत रहेका कांग्रेस जिल्ला कार्य समिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले पार्टीमा एकलौटी निर्णयहरू गरिरहेको भन्दै अन्य पदाधिकारी र सदस्यले उनलाई अवरोध गर्ने चेतावनी दिएका छन् ।
कांग्रेस जिल्ला कार्य समिति रामेछापका सचिव दीपक खड्काले आइतबार विज्ञप्ति जारी गर्दै सभापति कान्छारामले विधान विपरीत तानाशाही प्रवृत्ति देखाएको भन्दै उनको कार्यशैलीविरुद्ध एकजुट हुन नेता कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।
सचिव खड्काले पार्टीको बैठक बसेर विवाद समाधान नगरी एकलौटी रूपमा भदौ २४ गते बीपी जयन्ती कार्यक्रम आयोजना गरेकोमा आपत्ति जनाउँदै उनले उक्त कार्यक्रममा अवरोध गर्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : हेटौँडा–१२ का उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त
-
स्थानीय तहको उपनिर्वाचन : कर्णालीमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा दलहरूको चासो
-
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
आमा-छोराको हत्या गरी फरार अभियुक्त ४ वर्षपछि पक्राउ
-
सुदूरपश्चिम भ्रमणको तयारीमा पूर्वराजा शाह
-
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै