नदी किनाराका जमिन खाली गराउने निर्णयको विपक्षमा एकीकृत समाजवादी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले उपत्यकाका नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णय कार्यान्वयन गर्दा जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन हुने निष्कर्ष निकालेको छ ।
त्यसका लागि पार्टी जनताको पक्षमा उभिने र सबै किसिमका संवाद गर्दै दबाबमूलक कार्यक्रम गर्न पहल समेत गर्ने सो पार्टीले जनाएको छ ।
पीडित जनतासँग तत्काल अन्तरक्रिया गर्ने र पार्टीको धारणा जनतासम्म पुर्याउन पार्टीका सम्बन्धित कमिटीहरूलाई अध्यक्ष माधव नेपालले निर्देशन दिएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
आइतबार उपत्यकाका पार्टी नेताहरूको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो निर्देशन दिएका हुन् ।
एकीकृत समाजवादीका काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुरका जिल्ला अध्यक्ष हरिकृष्ण थापालगायतको नेता कार्यकर्ताको टोलीले अध्यक्ष नेपाल लगायत पार्टीका शीर्ष नेतालाई भेटेर समस्याबारे जानकारी गराएका थिए ।
छलफलमा अध्यक्ष नेपालसहित वरिष्ठ नेता प्रमेश हमाल, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसालको उपस्थिति थियो । यसैगरी केन्द्रीय सचिव साबित्रा भुसाल, केन्द्रीय सदस्यहरू बागमती प्रदेशका सांसदहरू सहभागी छलफलले पार्टीले यसबारे तत्काल धारणा सार्वजनिक गर्ने र अन्तरक्रिया समेत गर्ने बताइएको छ ।
हाल उपत्यकाको नदी किनारा आसपास ४० मिटर छाडेर मात्र संरचना निर्माण गर्नुपर्ने मापदण्डविरुद्ध काठमाडौँमा प्रदर्शन भइरहेको छ ।
सर्वोच्च अदालतले नदीको मापदण्ड पुरानोमा २० मिटर बढाएर कायम गरेपछि खारेजीको माग गर्दै काठमाडौँका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ उद्घाटन
-
‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी र हिमालयनको लगातार दोस्रो जित
-
असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
-
सुनसरी मोरङका उद्योगीद्वारा अर्थमन्त्रीलाई औद्योगिक वातावरण सुधारको माग
-
ज्यस्नु र शुभश्रीलाई स्वर्ण
-
देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमनका गुरु ‘नागरिक आयोग’का संयोजक