ढुंगाले लागेर बाटोमा हिँडिरहेकी वृद्धाको मृत्यु
आइतबार, २३ भदौ २०८१, १४ : ०३

डोटी । पहिरोसहित आएको ढुंगाले लागेर शनिबार दिउँसो एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका-३ आगर बस्ने ६१ वर्षीया कौमती देवी ऐर रहेकी छन् ।
सोही गाउँपालिका-६ सवखोलास्थित छोरीको घर जाने क्रममा सोही गाउँपालिका-३ धनियाँ खोलास्थित बाटोमा हिँडिरहेको अवस्थामा पहिरो सहित आएको ढुंगाले लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । सोही घटनामा घाइते भएकी सोही गाउँपालिका-३ बस्ने कर्ण बहादुर ऐरकी छोरी १४ वर्षीया भुवनेश्वरी ऐरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकको माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब दायित्व बढ्ने
-
विद्यालय शिक्षा विधेयक पारित गर्ने सम्बन्धमा सत्तापक्षले गरेको लिखित प्रतिबद्धता सार्वजनिक
-
सरकारसँग सहमति भएपछि रोकियो शिक्षकहरूको आन्दोलन
-
सरकार र शिक्षकहरूबिच ९ बुँदे सहमति, पत्रकार सम्मेलनमार्फत सार्वजनिक
-
अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको स्पष्ट बहुमत आउन गाह्रो छ : देउवा
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू