बैंकहरूबाट १ खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
आइतबार, २३ भदौ २०८१, १३ : ४३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा रहेको १ खर्ब तान्ने भएको छ । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भएपछि राष्ट्र बैंकले निक्षेप सङ्कलनको उपकरणमार्फत उक्त रकम तान्न लागेको हो ।
२१ दिनका लागि तान्न लागेको उक्त रकमको साँवा तथा ब्याज भुक्तानी असोज १३ गते गर्ने राष्ट्र बैंकले जनाएको छ । यसको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुनेछ ।
बैंकहरूले घटीमा १० करोड रुपैयाँ राख्ने गरी अनलाइन फारम भर्न पाउने छन् । बैंकहरूमा अहिले ७ खर्बभन्दा बढी रकम कर्जा लगानीका लागि छ । तर कर्जाको माग नभएपछि बजारको सन्तुलन कायम गर्न राष्ट्र बैंकले बेलाबेला निक्षेप खिच्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा