नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तयारीमा छन् । वैशाखमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग पार्टी एकता गर्ने र ०८४ मा हुने निर्वाचन उपयोग गर्ने निर्णय गरेको थियो । एकताबारे माओवादीका शीर्ष नेताहरूसँग सकारात्मक छलफल भइरहेको भनिए पनि टुङ्गोमा पुगिसकेको छैन ।
उता, समाजवादको आधार तय गर्न गठन गरिएको भनिएको ‘समाजवादी मोर्चा’ ले १४ महिना पुरा गर्दा समेत राष्ट्रियता, सुशासन, समृद्धि र जनजीविकाको विषयमा प्रभावकारी भूमिका खेल्न सकेको छैन । हाल मोर्चाको संयोजकसमेत रहेका महासचिव विप्लव मोर्चाबारे दलहरूबिच समान बुझाई नरहेकाले समस्या भइरहेको स्वीकार गर्छन् ।
यही पृष्ठभूमिमा रातोपाटी संवाददाता गणेश पाण्डेले विप्लवसँग वर्तमान सत्ता गठबन्धन, माओवादीसँग एकतालगायत विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ, विप्लवसँग गरिएको कुराकानीको सम्पादित अंश:
पार्टीका आ–आफ्ना विश्लेषणहरू हुन्छन् । केहीले बेचन झा प्रकरणले पछिल्लो गठबन्धन भत्कायो भन्छन्, केहीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भत्कायो भन्छन्, केहीले त अमेरिकाले भन्छन् । वास्तवमा जब सत्तामा सङ्कट बढ्दै जान्छ, त्यसको रक्षाका लागि सारा जनविरोधी तत्त्वहरू एक ठाउँमा जुट्छन् । त्यहाँ झण्डाले केही फरक पार्दैन ।
गाउँघरमा आजकल कुरा चल्छ- चार पाँचवटा पार्टी छन् । तिनीहरू एउटै भट्टीमा रक्सी खान्छन्, जुवाको एउटै खलमा बसेका हुन्छन् । मिलेमतोमा एउटै खालका भ्रष्टाचार पनि गरेका हुन्छन् । तर आफ्नो घर जाँदा कोहीले रातो झण्डा बोक्छन् । कोहीले सेता झण्डा बोक्छन् । कोहीले चार तारे बोक्छन् ।
टेको त अवश्य नै छ नि । रातारात गठजोड हुन्छन् भने टेकोदेखि लिएर धक्का सबै भएका छन् ।
भ्रष्टाचार एउटै हो भन्नेमा छन् जनता । अरू बेला प्रजातन्त्र र स्वतन्त्रता भन्छन्, जब उनीहरूको स्वार्थमा धक्का लाग्छ । जेल जाने स्थिति हुन्छ । उनीहरू जनताको नजरमा गिर्छन् । कमजोर हुन्छन्, पङ्गु हुन्छन् ।
जब उनीहरूको सत्तै डगमगाउँछ, त्यसपछि भए भरका जाली फटाहाहरू एक ठाउँमा जुट्ने हुन्छ । यो सरकार पनि सत्तामा सङ्कट आएपछि मिलेका देखिन्छ । यसमा कांग्रेसले भनेको तर्क ठिक लाग्छ । हामी नमिल्ने हो भने सत्तै जाने भयो भनेर केही नेताहरूले भनेका छन् । हामी नमिले व्यवस्था बचाउन नसक्ने भयो भन्ने गरेका छन् । सायद त्यो ठिकै हो । मिलेर पनि बच्ने त होइन तर साँचो अर्थमा जनताले यो व्यवस्था फाल्न खोजेको चाहिँ हो ।
टेको त अवश्य नै छ नि । रातारात गठजोड हुन्छन् भने टेकोदेखि लिएर धक्का सबै भएका छन् ।
पवित्र चाहना, उच्च आकाङ्क्षा साथ समाजवादी मोर्चा बनेको हो । यो एउटा आन्दोलनसँग सम्बन्धित छ । नेपाली जनतालाई समाजवादसम्म लैजाने भनेर खडा गरेको संस्था हो । तर त्यो स्पिरिटमा बुझाइहरू केन्द्रित भएन । म संयोजक भएपछि पाँचवटा निर्णय गरेका थियौँ ।
पहिलो नेपाली विशेषताको समाजवाद के हो भन्ने बारेमा दस्ताबेज प्रकाशन गर्ने भनिएको थियो । दोस्रो मोर्चालाई तल्लो तह जिल्ला हुँदै पालिकासम्म लैजाने भनिएको थियो । तेस्रोमा अन्तरक्रिया देशैभर गर्ने भनिएको थियो । चौथोमा अन्य मित्र शक्तिहरूलाई पनि मोर्चामा ल्याउने भनिएको थियो । पाँचमा जनताका समस्या लिएर सडकमा जाने भनिएको थियो । निर्णय कार्यान्वयनका लागि हामीले जोड गर्यौँ केही भएन । त्यसकारण मोर्चा निर्माण गर्दा बुझाइ जे थियो, त्यो सबै पार्टीमा एउटै प्रकारले बुझिएन छ भन्ने लागेको छ । आफूलाई सहज हुने गरी प्रयोग गर्ने मनस्थिति पनि हो कि जस्तो बन्यो । प्रदेशका कयौँ साथीहरूलाई पनि हामीलाई थाहै छैन भनेका छन् । मोर्चाको अर्थै छैन भनेका छन् । यस्तो खालको बुझाइ गर्ने पार्टीहरूले केही गर्न सक्दैनन् । अहिले ठिकै छ भत्काउन त पर्दैन । तर यसलाई मैत्रीपूर्ण सङ्घर्षसहित सुदृढ गर्नुपर्छ ।
नेपालको देशभक्त, लोकतान्त्रिक गणतान्त्रिक शक्तिहरूबिच एकता जरुरी छ । यसमा नेपाल आर्मी, कर्मचारी, व्यवसायीहरूले गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ ।
मेरो विचारमा यसमा दुई चारवटा खेल भइरहेको छ । पहिलो कुरा माओवादीहरूलाई मिल्नै नदिने साम्राज्यवादी विदेशीको षड्यन्त्र छ । यसलाई हामीले तोड्नुपर्छ । सक्दा पार्टी एकता नसके मोर्चालाई सुदृढ गरेर लैजानुपर्छ । दोस्रो कम्युनिस्टहरूलाई मिल्नै नदिने खेल भइरहेको छ । एकले अर्कालाई उचालेर सकेसम्म लडाइँमै उतार्ने खालको छ । यसमा पनि हामी सचेत हुनुपर्छ । नेपालको कम्युनिस्ट जनमत एक ठाउँमा छ । तिनीहरूको चाहनालाई ध्यान दिएर त्यहाँ सबै पार्टीमा बहस हुन जरुरी छ । कम्युनिस्टहरूको मोर्चा बन्नु आवश्यक छ ।
तेस्रो नेपालको देशभक्त, लोकतान्त्रिक गणतान्त्रिक शक्तिहरूबिच एकता जरुरी छ । यसमा नेपाल आर्मी, कर्मचारी, व्यवसायीहरूले गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ । यदि हामीले ढिला गरेर समयमै सोच्न सकेनौँ भने नेपाल विदेशी शक्ति केन्द्रको खेलाउना बन्ने खतरा पनि छ । जनताले पाएका अधिकार कुण्ठित हुने र देश अराजकतातिर जाने खतरा छ ।
माओवादीसँग पार्टी एकता कुन तहमा पुगेको छ । एकता हुन्छ कि हुँदैन ?
एउटा कुरा माओवादीहरूबिच एकता हुने भयो भनेर भूकम्प गएको जस्तो भएको छ । त्यसले ककसलाई धक्का दियो आ–आफ्नो ठाउँमा छ । जहाँसम्म कमरेड प्रचण्डले विप्लवलाई नजिक ल्याएर समस्या पार्न खोजियो भन्ने कुरा सत्य होइन ।
हामीबिच छलफल भएका साँचो हो । प्रचण्ड हाम्रो हिजोका नेता पनि हुन् । तर हामीले १० वर्ष फरक फरक यात्रा गरिसक्यौँ । हामीबिच राम्रो छलफल हुन्छ । यस विषयमा प्रभाकर र अनन्तजीसँग पनि मैले प्रश्न गरेको थिएँ । उहाँहरूले एकतै गरौँ भनिररहनु भएकै छ । एकताको बारेमा कुनै भ्रम छ जस्तो लाग्दैन । तर एकता गर्दा विचार पुर्याउनुपर्ने छ । संगठनात्मक रूपमा मात्र हेर्दा अलि तरङ्ग आउँछ होला । यसमा माओवादी आन्दोलनको विचार, सिद्धान्त, नीति, कार्यक्रम लक्ष्यसँग जोडेर सामूहिक उत्तरदायित्व छ भन्ने कुरालाई बोध गरेर जानुपर्छ । यो जिम्मेवारी बोध गर्ने बेला हो, त्यसमा समस्या छैन ।
माओवादीहरूलाई एक बनाउनुपर्छ र समाजवादमा जानुपर्छ भन्नेमा हामीबिच छलफल भएको छ । मोटो खाका यही हो ।
अब एकता कहाँ पुग्यो त भन्दा माओवादी केन्द्र अहिले आन्तरिक छलफलमा छन् । त्यो प्रक्रिया सकारात्मक ढङ्गले टुङ्गिन्छ होला । त्यसपछि फेरी छलफल हुन्छ । हतारमा झ्यापझुप गरिहाल्नु पनि सही होइन । समाजवादमा जाने भन्ने कुरा कसरी जाने ? कहाँसम्म जाने ? नेतृत्व प्रणाली कस्तो हुने ? यी सबै कुरा छन् ।
तर हामी एकताको प्रक्रियाबाट पछि हट्नुहुँदैन । मोर्चा पनि एकताको प्रारम्भिक चरण हो । अन्य कम्युनिस्ट घटकसँग पनि छलफल गर्नुपर्छ । नेपालमा समाजवाद ल्याउने नेतृत्व कम्युनिस्टहरूले नै गर्नुपर्छ । साथै त्यसमा अन्य प्रगतिशीललाई पनि साथ लिएर जानुपर्छ ।
माओवादीहरूलाई एक बनाउनुपर्छ र समाजवादमा जानुपर्छ भन्नेमा हामीबिच छलफल भएको छ । मोटो खाका यही हो । र्याल काढेर सिंहदरबार वरपरी दौडने कुरा मात्र होइन यो । नेपाली जनताहरू जसले हामीलाई आफ्ना ज्यानभन्दा प्यारो ठाने ती जनतासँग पार्टी आन्दोलनलाई जोडले उठाउने हिसाबले छलफल चलिरहेको छ । लिडरसिपको हिसाबले स्वाभाविक ढङ्गले सबै मान्छे आकाङ्क्षी हुन्छन् । त्यसलाई अन्यथा लिन मिल्दैन ।
एकताको विषयमा टेबुलमा राखेर कुराकानी नै भएको छैन ।
छलफल भएका छन् । कुनै नयाँ विषय होइन । तपाईँहरू सबैले बुझ्ने कुरा हो । प्रचण्ड कमरेड कस्तो, हामी कस्तो भनेर । छलफल सबै हुन्छ । तर आउनोस्, जानोस् भन्दा पनि एकताबद्ध भएर अपुरो क्रान्ति पुरा गरौँ भन्ने विषयमा छलफल चलेको छ । बाँकी माओवादीभित्र सकारात्मक छलफल चलिराखेकै मैले देख्छु । आगामी दिनमा ढोका खोल्दै जाला । हामीसँगको छलफलमा यो पद वा यो पोजिसन भन्नेबारे छलफल भएको छैन ।
किन भाँडिने ? अगाडि बढ्छ ।
अध्यक्ष मण्डल बनाएर जाने कि या कार्यालय बनाएर जाने कि या जिम्मेवारी विभाजन गर्ने कि यी सबै कुरा चलेको छ । तर मूर्त ढङ्गले चलेको छैन ।
रोकिएको केहीमा छैन, चलिरहेकै छ । यी सबै मिडियाले कभर गरेको कुरा हो । उनीहरूले एकता हुन लाग्यो पनि भन्छन्, रोकियो पनि भन्छन् । मलाई लाग्छ एकताको विषयमा माओवादीको केन्द्रीय समितिबाट पास पनि गरिसकेको छैन । हामीले केन्द्रीय समितिबाट गरिसक्यौँ । एक्ला एक्लै छलफल भएको छ । तर अफिसियल ढङ्गले पास भएजस्तो मलाई लागेको छैन ।
किन भाँडिने ? अगाडि बढ्छ ।
त्यो भए राम्रो हुन्छ, हुँदैन र ? प्रश्न गरेर माओवादीलाई तरङ्गित पार्ने काम नगर्नोस् न ।
यसमा रमाइलो कहानी छ । बेलायतमा राजा नभएपछि स्कटल्याण्डबाट लगेर राजा बनाएका थिए । युरोपमा यस्तो चलन थियो । अन्य देशमा यस्तो चलन थियो । नेपालमा पनि मल्ल राजाहरूले यस्ता अभ्यास गरेका थिए । त्यसैले माओवादी भित्रका नेता छोडेर विप्लवलाई उत्तराधिकारी बनाउन लाग्यो कि क्या हो भनेर तरङ्गित नबनाउनोस् ।
०८४ को निर्वाचनमा हामी स्पष्ट छौँ । यो पटकको मोर्चा प्रयोग गर्ने हो ।
हामी एउटै त हो नि । सबैको चाहना स्वाभाविक छ । मेरो पनि छ । अन्यको पनि हुन्छ । यसमा फरक भएर होइन, क्षमतावानलाई पूरक बनाएर लैजानेबारे सबैले सोच्नुपर्छ । टिम बनाएर जाऊँ भन्ने प्रचण्डको कुरा राम्रै हो । प्रचण्डसहितको टिम या प्रचण्डबाहेकको टिम या सबैको भूमिकालाई सम्मान पुग्ने गरी छलफल हुन सक्छ ।
यो पनि धेरै अन्योलको विषय छ । हामीले सिधाभन्दा चुनावलाई अहिलेको २१ औँ शताब्दीमा क्रान्तिकै मोर्चाबाट हेर्नुपर्छ । यसलाई लेनिनको पालाको जसरी हेर्नुहुँदैन । हामीले विभिन्न प्रयोग गर्यौँ । बहिस्कार पनि गर्यौँ । संघर्ष पनि गरेर यहाँसम्म आएका छौँ ।
०८४ को निर्वाचनमा हामी स्पष्ट छौँ । यो पटकको मोर्चा प्रयोग गर्ने हो । तर राज्यले अहिलेसम्म तीन बुँदे लागु पनि गरेको छैन । प्रयोग गर्न दिएन भने आन्दोलनका विभिन्न विकल्प छन् । तर सरकारमा जाने मन्त्री हुने, चुनावमा गएर पैसा कमाउने, मोजमस्ती गर्ने, भ्रष्टीकरण हुने मात्रै अहिलेको व्याख्या छ । त्यसलाई तोड्ने पनि हाम्रो चाहना छ ।
जसरी बोल्सेविकहरुले जारको संसद्लाई प्रयोग गरेर जारविरुद्ध जनतालाई संगठित गर्न सक्यो । हामी सक्दैनौँ ? केही कम्युनिस्ट पार्टी बदनाम भएको जस्तो मात्र हो त, हैन । संसद्ले माओवादी र एमालेलाई बिगारेको होइन । दृष्टिकोणले संसद्लाई बिगारेको हो ।
भोलि कम्युनिस्ट पार्टीको सत्ता आउला । राष्ट्रपति होला । यसो हुँदैमा मोजमस्तीमा गइहाल्ला त ? सत्ता भनेको क्रान्तिको साधन पनि हो । सत्ता जनताको पक्षमा रूपान्तरण गर्ने साधन हो । त्यो च्यालेन्ज छ । त्यसलाई सामना गर्न तयार नभए केहीबाट मान्छे अगाडि बढ्न सक्दैन ।
०८४ को निर्वाचन हामी उपयोग गर्ने हो । मिल्दा मिलेर, नमिल्दा एक्लै ६ हजार वडा, ७५३ पालिका नेकपा चुनाव लड्ने हो । पार्टीले लड भन्यो भने लड्छु । तर सबै संसद्मा गएर झुत्तिने होइन । कम्युनिस्ट पार्टी बेग्लै हो । यो जनताको सेवकका रूपमा उभिनुपर्छ । पार्टी राम्रो भयो भने व्यक्ति बिग्रिएर केही फरक पर्दैन ।
प्रतिक्रिया