पाकिस्तानमा भेटियो तेल र ग्यासको विशाल भन्डार

वासिङ्टन डिसी । पाकिस्तानको भूगोलभित्र पर्ने समुद्रमा भारी मात्रामा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको भन्डार भेटिएको छ । यसको उत्खनन गर्न सकिएमा पाकिस्तानको भविष्य नै फेरिने भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
समुद्री क्षेत्रको तेल र ग्यास भन्डार पुष्टि गर्न पाकिस्तानले एक मित्र देशसँगको सहकार्यमा तीन वर्षीय सर्वेक्षण गरेको डन न्यूजी टिभीले शुक्रबार वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भनेको छ ।
यसबारे सम्बन्धित विभागले सरकालाई सूचित गरिसकेको बताइएको छ । यतिबेला भन्डारबाट तेल र ग्यास निकाल्ने परियोजनाको बोलपत्र आह्वान र उत्खननबारे अध्ययन भइरहेको बताइएको छ । उत्खननको काम निकट भविष्यमै सुरु गर्न सकिने बताइएको छ । तर तेल निकाल्न भने कयौँ वर्ष लाग्न सक्ने ती अधिकारीले बताएका छन् । केहीले पाकिस्तानमा भेटिएको तेल तथा ग्यास भन्डार विश्वको चौथो ठुलो भएको अनुमान गरेका छन् ।
अहिले भेनेजुएलासँग विश्वको सबैभन्दा ठुलो तेल भन्डार छ । उसँग करिब ३ अर्ब ४० करोड ब्यारेलको भन्डार भएको अनुमान गरिएको छ । साउदी अरब, इरान, क्यानडा र इराक पनि विश्वका शीर्ष पाँच तेल तथा ग्यास भन्डार भएका देश हुन् । सेल तेल (जमिनमुनिको पत्रे चट्टानमा पाइने तेल र ग्यास) सञ्चितिमा अमेरिका विश्वमा सबैभन्दा अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने