चन्दनकुमारको पुस्तक ‘सङ्गीत स्वराधना’ विमोचित

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बलिया राष्ट्रको सांस्कृतिक हस्तक्षेपबाट मौलिक कला संस्कृतिलाई जोगाउन सङ्गीत क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । अहिलेको भूमण्डलीकृत विश्वमा बलिया भनिएका राष्ट्रको जबरजस्त सांस्कृतिक हस्तक्षेप गरेको यथार्थ हामी सबैले भोगिरहेकै उनको धारणा रहेको थियो ।
राजधानीमा आयोजित कार्यक्रममा शास्त्रीय सङ्गीतकर्मी चन्दनकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘सङ्गीत स्वराधना’ विमोचन गर्दै अध्यक्ष दाहालले हाम्रो मौलिक कला संस्कृति जोगाउन गीतसङ्गीतको क्षेत्र निकै महत्त्वपूर्ण हुने भन्दै समाजलाई कुन मार्गमा अघि बढाउने भन्ने कुरामा गीतसंगीत र कला साहित्यको विशेष भूमिका हुने धारणा राखे ।
‘नेपाली कला संस्कृतिको मौलिकता जोगाउने कुरामा सोधमूलक र खोजमूलक पुस्तक प्रकाशन हुनु हामी सबैको लागि गर्वको विषय हो ’अध्यक्ष दाहालले भने ।
वरिष्ठ सङ्गीतकर्मी दीपक जंगमले संगीतसाधकले समय खर्च गरेर तयार पारेको पुस्तक अवश्य पनि पठनीय हुने बताए । लामो समयदेखि शास्त्रीय सङ्गीतमा सक्रिय श्रेष्ठद्वारा लिखित उक्त पुस्तक शास्त्रीय सङ्गीत बुझ्न र जान्न रुचाउनको लागि उपयोगी हुने बताइएको छ ।
वरिष्ठ सङ्गीतकार शुम्भजीत बासकोटाले शास्त्रीय संगीतप्रेमीका लागि उक्त पुस्तक पठनीय हुने बताए । अन्तर्राष्ट्रियरुपमै नेपालमा पनि यस्ता शास्त्रीय सङ्गीतका गुरु छन् भनेर अवगत गराउन पुस्तकले योगदान दिने उनको तर्क छ ।
कार्यक्रमको संयोजन नेपाल सङ्गीतकार सङ्घले गरेको थियो । सङ्गीतकार सङ्घका अध्यक्ष चेतन सापकोटाले शास्त्रीय सङ्गीत सिक्न र बुझ्न चाहनेका लागि यो पुस्तक पठनीय हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सांसदलाई ओलीको उपदेशदेखि पहलगाम हमलाको नेपालमा विरोधसम्म
-
देवकोटा साहित्य पुरस्कारबाट खतिवडा र विरही सम्मानित
-
तमोर नदीमा बगेर एक व्यक्ति बेपत्ता
-
जनसम्पर्क समिति विश्व सञ्जालको क्षेत्रीय पदाधिकारीहरुको घोषणा, कहाँ को ?
-
पोप फ्रान्सिसको अन्त्येष्टि सम्पन्न, तस्बिरहरू
-
प्रभसिमरन र प्रियांशको विस्फोटक ब्याटिङ, म्याक्सवेल फेरि फ्लप