रित्तै पृथ्वीमा फर्कियो बोइङको स्टारलाइनर

वाशिङटन डीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङको स्पेस क्याप्सुल स्टारलाइनर पृथ्वीमा रित्तै फर्किएको छ । झन्डै तीन महिनापछि कम्पनीको सो अन्तरिक्षयान जाँदा बोकेर गएको दुई अमेरिकी अन्तरिक्षयात्रीहरूलाई अन्तरिक्षमै छाडेर पृथ्वीमा फर्किएको हो ।
प्राविधिक समस्याका कारण यानको फिर्तीमा ढिलाइ भएको थियो । सीइसटी–१०० स्टारलाइनर शुक्रबार न्यूयोर्क समयअनुसार ६ः ०४ बजे अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसएस) बाट हिँडेको थियो । त्यसको ६ घण्टापछि यान न्यु मेक्सिकोको ह्वाइट स्यान्डमा अवतरण भयो । यानमा एकपछि अर्को गर्दै देखिएको प्राविधिक समस्याका कारण नासाले अन्तरिक्षयात्रीद्वय सुनिता विलियम्स र बेरी बुच विल्मोरको फिर्ती अनपेक्षित रूपमा बढाएपछि सो यानले विश्वभरको ध्यान खिचेको थियो ।
सुनिता र विल्मोर जुनको सुरुमा ८ दिनको लागि मात्रै भनेर आईएसएस गएका थिए । तर आईएसएस पुग्नै लाग्दा यानको पाँच ओटा थ्रष्टर बिग्रियो भने हिलियम पनि चुहियो । यान मर्मत गरेर दुवैलाई फिर्ता ल्याउने अत्यन्तै जोखिमपूर्ण रहेको भन्दै अमेरिकी अन्तरिक्ष निकाय नासाले मोल्न नचाहेपछि दुवै जना कम्तीमा पनि सन् २०२५ को सुरुसम्म आईएसएसमै अड्किएका हुन् ।
यसअघि नै नासाले दुबैका लागि चाहिने खानेकुरा देखि अन्य सबै अत्यावश्यक वस्तु आईएसएससम्म पुर्याइसकेको छ । सुनिता र विल्मोर अब अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सको क्याप्सुलमा फर्किनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको कोआईआईटीबाट १ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए
-
आफ्नो देशको क्रिकेट बोर्डभन्दा धनी छन् न्युजिल्यान्डका यी खेलाडी !
-
२०८२ सालमा व्रतबन्धको साइत ८ दिन मात्र, विवाहको कति ?
-
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
-
प्रकृति लम्साल मृत्यु प्रकरणमा सभामुखले समय नदिएकोमा जनार्दन शर्माको असन्तुष्टि
-
१२ घण्टा काम गर्ने दबाबका कारण बैङ्कको जागिर छाड्ने प्रवृत्ति बढ्यो : पूर्व कार्यकारी निर्देशक थापा