भेनेजुएलामा विपक्षी दलका नेता विदेश पलायन

कारकास । भेनेजुएलामा राष्ट्रपति निर्वाचनमा प्रतिपक्ष दलका उमेदवार रहेका नेता एडमन्डो गोन्जालेज विदेश पलायन भएका छन् । उनले स्पेनमा राजनीतिक शरण लिएको भेनेजुएलाको सरकारलाई उदृत गर्दै बीबीसीले समाचार छापेको छ ।
जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि एडमन्डो गोन्जालेजविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसयता नै उनी लुकेर बसेका थिए ।
राष्ट्रपति चुनावको नतिजामा सरकार नियन्त्रित राष्ट्रिय निर्वाचन परिषद्ले निकोलस मादुरोलाई विजयी घोषणा गरेको थियो । केही दिनअघि स्पेनी दूतावासमा स्वेच्छाले शरण लिएपछि आफूलाई राजनीतिक शरण दिन एडमन्डो गोन्जालेजले स्पेनी सरकारलाई आग्रह गरेको भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सामाजिक सञ्जालमा भनेकी थिइन् ।
सरकार उनलाई सुरक्षित रुपमा देश बाहिर जान दिन राजी भएको र उनी देश छाडेर गएको पनि उनको भनाइ थियो । गोन्जालेज भेनेजुएलाबाट स्पेनी वायुसेनाको विमानमा उडेको स्पेनका विदेशमन्त्री मानुएल अल्बेरेसले बताएका थिए ।
भेनेजुएलामा चुनावी नतिजा आएपछि राजनीतिक उथलपुथल भएको छ । विपक्षी दलहरूले यो चुनावमा गोन्जालेज भारी मतले विजयी भएको दाबी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल