विराजको फिल्म ‘१२ गाउँ’ को यस्तो छ पहिलो गीत

काठमाडौँ । एक्सन स्टार बिराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘१२ गाउँ’ को पहिलो गीत ‘सिनेमा हेर्न जाऊँ’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको गीतमा अभिनेता तथा विराजका छोरा समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपालको अभिनय छ ।
गुजराती तथा दक्षिण भारतीय फिल्म र टेलिभिजन सिरियलकी चर्चित अभिनेत्री सोनु चन्द्रपालले यसैबाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । गीतको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन् ।
सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द, सङ्गीत र बलिउड गायक नकाश अजिजको स्वर छ । फिल्मको यसअघि सार्वजनिक पोस्टर र एक्सन टिजरले दर्शकमाझ उच्च हाइप बनाइसकेको छ ।
पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराई यसै फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यु गर्दैछन् । फिल्ममा बिराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दिया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।
बिराज भट्ट फिल्म पोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र नीरजको सङ्गीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीण केएल र भुपेन्द्र अधिकारीको सम्पादन छ । फिल्ममा बिराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद छ ।
एक्सन–थ्रिलर कथामा बन्न लागेको फिल्मका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड फिल्मका द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायाङ्कन रहेको फिल्मको काठमाडौँ, ललितपुर, वीरगन्ज र हेटौँडामा छायाङ्कन गरिएको हो । फिल्मको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बईलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराउने धुनमा बेंगलुरु
-
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
चर्चित अस्ट्रेलियन महिला क्रिकेटर एस्ले गार्डनरले प्रेमिका मोनिका राइटसँग विवाह गरिन्
-
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
-
मल्टिस्टारका कारण ट्रेन्डिङमा ‘पिताम्बर’ ट्रेलर
-
बार निर्वाचनको मतगणना दिउँसो १२ बजेपछि