प्रभावशाली अलराउन्डर मोइन अलीले गरे अन्तर्राष्ट्रिय क्रिकेटलाई ‘बाई–बाई’
काठमाडौँ । इङ्ल्यान्डका चर्चित क्रिकेट खेलाडी मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले सबै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका हुन् । उनी आफ्नो समयका प्रभावशाली अलराउन्डर हुन् ।
‘म ३७ वर्षको भइसकेँ । मैले आफ्नो जीवनको महत्त्वपूर्ण क्षण क्रिकेट मैदानमा बिताएको छु । अस्ट्रेलियाविरुद्धको शृङ्खलाका लागि घोषित टोलीमा पनि मेरो नाम परेन । मेरा लागि सक्रिय खेल जीवनबाट सन्न्यास लिने यो उपयुक्त अवसर हो,’ उनले भनेका छन् ।
मोइन अलीले नयाँ प्रतिभालाई टोलीमा स्थान दिन पनि आफूले यस्तो निर्णय लिएको बताएका छन् । मोइन अलीले सन् २०१४ को फेब्रुअरी २८ तारिखमा वेस्ट इन्डिजविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए ।
उनले इङ्ल्यान्डका लागि ६८ टेस्ट खेल्दै कुल तीन हजार ९४ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले पाँच शतक र १५ वटा अर्ध शतक पनि प्रहार गरेका छन् । उनले टेस्ट क्रिकेटमा दुई सय चार विकेट पनि लिएका छन् ।
यसैगरी, उनले देशका लागि एक सय ३८ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल दुई हजार तीन सय ५५ रन बनाएका छन् । यस क्रममा उनले तीन शतक र ६ वटा अर्धसतक पनि प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक सय ११ विकेट पनि लिएका छन् ।
यसैगरी, मोइन अलीले ९२ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै कुल एक हजार दुई सय २९ रन बनाएका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सातवटा अर्ध शतक पनि प्रहार गरेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले ५१ विकेट पनि लिएका छन् ।
उनले यसै वर्ष अन्तिम पटक इङ्ल्यान्डको प्रतिनिधित्व गरेका थिए । वेस्ट इन्डिजमा सम्पन्न आईसीसी टी–२० विश्वकपको भारतविरुद्धको सेमिफाइनल नै उनको अन्तिम खेल थियो । त्यो खेलमा भारतले इङ्गल्यान्डलाई हराएको थियो ।
‘इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट करिब तीन सय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु कुनै पनि खेलाडीका लागि गौरवको विषय हो । लामो समय बितिसक्यो । त्यसैले अब म शारीरिक र मानसिक रूपमा पनि देशका लागि खेल्न तयार छैन,’ उनले भनेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि मोइन अलीले आफू फ्रेन्चाइज प्रतियोगितामा भने सक्रिय रहने बताएका छन् । सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि आफू प्रशिक्षकको भूमिकामा सक्रिय हुने पनि उनले बताएका छन् ।
मोइन अलीले निकट भविष्यमै क्यारेबियन प्रिमियर लिग खेल्ने भएका छन् । क्यारेबियन प्रिमियर लिगमा उनी साबिक विजेता गायना अमेजन वारियर्समा आबद्ध छन् । यसका अतिरिक्त उनी इन्डियन प्रिमियर लिगमा पनि उनी चेन्नई सुपर किङ्सका खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ब्यालिष्टिक मिसाइल सहयोग गर्दै अमेरिका, रुसका लागि खतरा !
-
कारको दाह संस्कार भन्दै जसले गरे ६ लाख खर्च
-
सुवेदी, कक्षपति र शर्मालाई त्रिमूर्ति पुरस्कार
-
‘एक्टिङ स्टार’ को डिजिटल अडिसनमा ५०० भन्दा बढीको आवेदन
-
होण्डाको चाडपर्व योजनामा भाग्यशाली विजेताले पाए १० लाख रुपैयाँ
-
नेप्से १५.८३ अंकले बढ्यो