म्याक्रोँले छानेको प्रधानमन्त्रीविरुद्ध फ्रान्सभर विरोध प्रदर्शन
पेरिस । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले छानेको प्रधानमन्त्रीको विरोध गर्दै फ्रान्सभरमा शनिबार व्यापक विरोध प्रदर्शन भएको छ । शनिबार म्याक्रोँले मध्य दक्षिणपन्थी नेता माइकल बार्नियरलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका थिए । जुलाईमा भएको मतदानमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याएपछि लामाे समयदेखि प्रधानमन्त्री चयन हुन सकेको थिएन ।
आफ्नो प्रधानमन्त्रीको उम्मेदवारलाई अस्वीकार गर्दै बर्नियरलाई प्रधानमन्त्री बनाएको भन्दै कर्मचारी सङ्गठन र वामपन्थी दल न्यू पपुलर फ्रन्ट (एनपीएफ)का सदस्यहरू सडकमा उत्रिएका थिए । बार्नियर यूरोपेली संघ (ईयू)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)का लागि ईयूका पूर्व वार्ताकार पनि हुन् । वामपन्थी दलसमेत सबैसँग मिलेर सरकार गठन गर्न आफू खुला रहेको बार्नियरले भनेका छन् ।
यस मामिलामा उनले दक्षिणपन्थी दल रिपब्लिकन्स र राष्ट्रपतिको मध्यमार्गी इन्सेम्बल ग्रुपका नेताहरूसँग छलफल गरेका थिए । शनिबार राजधानी पेरिस समेत देशभरमा १ लाख १० हजार जति विरोध प्रदर्शनमा उत्रिएको गृह मन्त्रालयले भनेको छ । यो संख्या ३ लाख हाराहारी भएको विरोध प्रदर्शनका अगुवाहरूको दाबी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
-
‘सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा योगदानकर्ता र रोजगारदाता दुवैलाई नोक्सान छैन’
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक