अर्जेन्टिनी दूतावासमा भेनेजुएली सुरक्षा बलले किन हाल्यो घेरा ?
कारकास । भेनेजुएलाको सुरक्षा बलले राजधानी कारकासस्थित अर्जेन्टिनी दूतावासलाई घेराबन्दी गरेको छ । अर्जेन्टिनाको यो दूतावासमा ६ जना भेनेजुएली राजनीतिज्ञले शरण लिइरहेका छन् ।
यी ६ नै जना भेनेजुएली राष्ट्रपति निकोलस मदुरोका विरोधी हुन् । भेनेजुएलाका विपक्षी दलका नेताहरूले पनि दूतावासको भवन वरपर रहेका गुप्तचर सुरक्षाकर्मीको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
भवनमा शरण लिएका विपक्षी नेताहरूले भने आफूहरूलाई मदुरोले घेराबन्दीमा राखेको बताएका छन् । भेनेजुएलामा भएको राष्ट्रपति चुनावपछि अर्जेन्टिनासँगको सम्बन्ध बिग्रिएको छ ।
त्यसयता कारकासस्थित अर्जेन्टिनी दूतावास ब्राजिलको रेखदेखमा थियो । तर, शनिबार भेनेजुएला सरकारले दूतावासमा ब्राजिलको रेखदेखको व्यवस्था पनि अन्त्य गरेको थियो ।
जुलाईको अन्त्यतिर भेनेजुएलामा राष्ट्रपतिको निर्वाचन भएको थियो । विवादास्पद चुनावी नतिजापछि मदुरोले आफ्नो जीतको घोषणा गरेका थिए । सो जीतलाई अमेरिका लगायत कयौँ देशले सन्देह गरेका छन् ।
यो सूचीमा अर्जेन्टिना पनि थियो । विवादबिच विपक्षी दलहरूले आफ्नो उम्मेदवार एडमन्डो गोन्जालेजले अत्यधिक बहुमतले चुनाव जितेको दाबी गरेका थिए । तर पश्चिमी देशहरूले उनलाई पनि मान्यता दिन अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा योगदानकर्ता र रोजगारदाता दुवैलाई नोक्सान छैन’
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम