ताइफुका कारण भियतनाममा चार जनाको मृत्यु

हानोई । शक्तिशाली ताइफुका कारण भियतनाममा चार जनाको मृत्यु भएको छ । ताइफुले ताइवानको उत्तरी हिस्सालाई सबैभन्दा धेरै प्रभावित पारेको छ । यागीलाई यस वर्षको सबैभन्दा शक्तिशाली ताइफु भनिएको छ । ताइफुका कारण कम्तिमा ७८ जना घाइते भएको बताइएको छ ।
इन्डो–प्यासिफिक ट्रपिकल चक्रवात चेतावनी केन्द्रका अनुसार शनिबार बिहान ताइफु करिब २०३ किलोमिटर प्रतिघण्टाको गतिले ताइवानको हाइ फोङ र क्वाङ निह राज्यमा पुगेको थियो । शक्तिशाली आँधीका कारण उडेको धुलोले भवनका झ्याल र सवारी साधनमा समेत क्षति पुगेको छ ।
हनोईमा धेरै रुखहरू ढलेको र बिजुलीको पोल ढल्दा विद्युत आपूर्तिमा पनि समस्या देखिएको छ । ताइवानको उत्तरी राज्य क्वाङ निहमा मात्रै ताइफुका कारण तीन जनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । हनोई नजिकैको हाइ दुआङमा एक जनाको मृत्यु भएको छ । सोही क्षेत्रमा कयौं मछुवाराहरू हराइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
-
अमेरिकी अर्थतन्त्र सङ्क्रमणकालीन अवस्थामा छ : ट्रम्प
-
जिल्ला प्रशासन कार्यालय अगाडि शिक्षकद्वारा आत्मदाहको प्रयास
-
तथ्याङ्कमा आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण
-
सेताम्मे मुस्ताङको शीतोष्ण फलफूल बगैँचा
-
युद्धविराममा अगाडि बढ्न युक्रेन तयार रहेको अमेरिकी दाबी