लखनउमा भवन दुर्घटनामा मर्नेको सङ्ख्या आठ पुग्यो
आइतबार, २३ भदौ २०८१, १० : ४८

नयाँ दिल्ली । उत्तर प्रदेशको राजधानी लखनउको ट्रान्सपोर्ट नगरमा शनिबार एउटा भवन भत्किँदा ठुलो दुर्घटना भएको थियो । अहिलेसम्म यस दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
समाचार एजेन्सी एएनआईले राहत आयुक्त कार्यालय, लखनऊलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । समाचार एजेन्सी पीटीआईले पनि यसको पुष्टि गरेको छ ।
यस दुर्घटनामा घाइते हुनेको सङ्ख्या २८ पुगेको राहत आयुक्तको कार्यालयले जनाएको छ । कार्यालयले मृतक र घाइतेको नाम पनि सार्वजनिक गरेको छ । उद्दार कार्य जारी रहेको र घटनास्थलमा एनडीआरएफ र एसडीआरएफको टोली रहेको बताइएको छ ।
एनडीआरएफ, एसडीआरएफ, फायर सर्भिस, नगरपालिका, बिजुली विभाग, चिकित्सा विभाग, ती सबै राहत र उद्धारमा संलग्न रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त