शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

राइस र ग्रिलिसको गोलमा इंग्ल्याण्ड विजयी

आइतबार, २३ भदौ २०८१, ०८ : ३३
आइतबार, २३ भदौ २०८१

काठमाडौँ । युईएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्ड विजयी भएको छ । शनिबार राति भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई २–० गोलको अन्तरले पराजित गरेको हो ।

इंग्ल्याण्डको जीतमा डेक्लन राइस र ज्याक ग्रिलिसले एक/एक गोल गरेका थिए । इंग्ल्याण्डले दुवै गोल पहिलो हाफमा गरेको हो । 

खेलको ११ औँ मिनेटमा राइसले गोल गर्दैै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । २६ औँ मिनेटमा राइसकै पासमा ग्रिलिसले गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यसपछि निर्धारित समयभित्र थप गोल नभएपछि जर्मनी २–० को जीत दर्ता गर्न सफल भयो ।

यही समूहमा रहेको ग्रिकले फिनल्याण्डमाथि ३–० को जीत दर्ता गरेको छ । ग्रीकका फोटिस इओनिडिसले २ गोल गर्दा एक गोल भने उपहार पाएको थियो । 

२३ औँ मिनेटमा इओनिडिसले गोल गर्दै ग्रिकलाई अग्रता दिलाए । ३७ औँ मिनेटमा फिनल्याण्डका बेन्जामिन कलमनले आफ्नै पोस्टमा गोल गरेपछि ग्रिकको अग्रता दोब्बर भयो ।

७६ औँ मिनेटमा इओनिडिसले व्यक्तिगत दोस्रो गोल गरेपछि ग्रिक ३–० को सहज जित निकाल्न सफल भयो । समूह २ मा ग्रीकले ३ अङ्क जोड्दै आफूलाई शीर्ष स्थानमा राख्दा समान अङ्क रहेको इंग्ल्याण्ड दोस्रो स्थानमा छ ।

आयरल्याण्ड र फिनल्याण्ड क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । यी टिमले भने अङ्कको खाता खोलेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप