हंगेरीमाथि जर्मनीको गोल वर्षा

काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा जर्मनीले हंगेरीमाथि ५–० गोल अन्तरको एकतर्फी जित दर्ता गरेको हो ।
समूह ३ मा रहेको जर्मनीको जितमा निकोलस फुलक्रुग, जमाल मुसियाला, फ्लोरियन विट्ज, एलेक्जेन्डर पाभलोभिक र केइ हार्भाटेजले एक एक गोल गरेका थिए ।
२७ औँ मिनेटमा जमाल मुसिएलाको क्रसपासमा निकोलस फुलक्रुगले गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा अरू ४ गोल थपेको थियो ।
५७ औँ मिनेटमा विट्जको पासमा मुसियालाले गोल गर्दै अग्रता दोब्बर बनाए । अधिकांश समय हंगेरीमाथि दबाब बनाएको जर्मनीले तेस्रो गोल ६६ औँ मिनेटमा गरेको थियो ।
मुसिएलाको पासमा विट्जले डीबक्सभित्रबाट उत्कृष्ट गोल गरेका थिए । ७७ औँ मिनेटमा मुसियालाकै पासमा एलेक्जेन्डर पाभलोभिकले गोल गरेपछि जर्मनी ४–० ले अघि बढेको थियो ।
८१ औँ मिनेटमा हंगेरीका विली ओर्वानले हार्भाटेजलाई डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गर्दै जर्मनीलाई ५–० को जीत दिलाए ।
यही समूहमा रहेको नेदरल्याण्ड्सले बोस्निया हर्ज गोभिनालाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समीकरण यस्तो भए अझै पनि सेमिफाइनलमा पुग्न सक्छ पाकिस्तान
-
उखान सुनाउँदै संसद्मा पौडेलले उठाए कुलमानको विषय
-
एमसीसी कहिल्यै ठिक भनेका थिएनौ : घनश्याम भुसाल
-
'पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्छ'
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन
-
बल्ल कार्यान्वयन आयो ‘मुख्यमन्त्री डिजिटल शिक्षा तथा नमुना विद्यालय’ कार्यक्रम