भुक्तानी विवाद टुङ्गिएसँगै तनहुँ जलविद्युत् आयोजनाको काम सुरु

तनहुँ । भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ ।
संयुक्त लगानीको निर्माण कम्पनी सोङ्दा कालिकाले गरेको कामको भुक्तानी युरोपियन बैङ्कमार्फत् प्राप्त हुने प्रतिबद्धता सम्बन्धित निकायले व्यक्त गरेपछि आयोजनाको काम पुनः प्रारम्भ भएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । यो प्याकेजमा हालसम्म ३५ प्रतिशत मात्र प्रगति भएको छ ।
गत असार २२ गते सेतीको बाढीबाट प्याकेज वानको निर्माणस्थलमा क्षति भएको छ । बाढीले ‘क्रसर र कुलिङ प्लाण्ट’मा क्षति हुनका साथै निर्माणस्थलमा राखिएको ढुङ्गागिटीलगायत निर्माण सामग्री बगाएको थियो । यो प्याकेजअन्तर्गत आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि सेती नदीको धार पथान्तरण गर्न दुई वटा ‘डाइभर्सन सुरुङ’ निर्माण सम्पन्न भएका छन् ।
आयोजनाको एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि पहाड खन्न बाँकी छभने सेती नदीका दुवै किनारमा ‘ग्याली सुरुङ’ निर्माणाधीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लासन र मनोहरले जोगाए हैदराबादको साख, मुम्बईसामु १ सय ४४ रनको लक्ष्य
-
श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ
-
अन्तिम समयमा धनगढी स्तब्ध, पोखरा फाइनलमा
-
विद्याको कुर्सीमा रघुजी, शिक्षकका समस्या सम्बोधन गर्न चुनौती
-
रघुजीलाई बधाई दिँदै शंकरले भने - उहाँ आशा जगाउन सक्ने राजनीतिज्ञ हो, शिक्षालाई सुधारको दिशामा अघि बढाउन सफलता मिलोस्
-
ढुङ्गा झिक्ने क्रममा एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला