एमालेसँगको गठबन्धन रहर नभई बाध्यता हो : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेकपा एमालेसँगको गठबन्धन रहर नभई बाध्यता भएको बताएका छन् । शनिबार सूर्यप्रसाद उपाध्यायको चालिसौँ स्मृति दिवसका अवसरमा ‘नेपाली कांग्रेसका प्रमुख संस्थापकको वास्तविक पहिचान र यथोचित सम्मान’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले राजनीतिक अस्थिरताबाट मुलुकलाई मुक्त गर्नको लागि ८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जाने बताएका हुन् ।
उनले भने, ‘अहिले कम्युनिस्टसँगको मेलमिलाप र सहकार्यको नीति रहर होइन बाध्यता हो । हामी होसियार हुनुपर्ने कुरा भनेको हाम्रो मौलिकता जोगाउने विषयमा हो । राजनीतिक स्थिरता जरुरी भयो, माओवादी अध्यक्षले जुन राजनीतिक अस्थिरताको भूमिका निर्वाह गर्नुभयो, त्यसबाट मुलुकलाई मुक्त गर्नको लागि ८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जान्छौ । ८४ मा पुगेपछि हाम्रो मूल प्रतिस्पर्धी एमाले नै हो ।’
यस्तै, उनले इतिहासका कुनै पनि कालखण्डमा सूर्यप्रसाद उपाध्याय नछुटेको भन्दै उनले अन्य नेताहरू सरह सम्मान पाउनु पर्ने पनि बताए । उनले भने, ‘के कारणले इतिहासको कुन त्यस्तो कालखण्ड, मोड र घटना हो, जहाँबाट सूर्यप्रसाद उपाध्याय छुट्नु भयो, अरू नेताहरू भने शिरमा राख्न मिल्ने गरि रहनु भयो भन्ने कुरा पनि एउटा गम्भीर समीक्षा हो ।’
सूर्यप्रसाद उपाध्याय दानी र नेतृत्व गर्न सक्ने क्षमता भएको व्यक्ति भएको भन्दै नेपालको राजनीतिमा उनलाई एउटा ज्ञानी व्यक्तित्वको रूपमा चिन्ने गरेको पनि उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार
-
३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु
-
साना तथा मझौला उद्योगको आईपीओमा किन परेन आवेदन ?