विधिपूर्वक गणेशको पूजा आराधना गरी मनाइयो गणेश चतुर्थी
काठमाडौँ । भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ ।
यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी पर्व मनाइएको हो ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको बताए ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले आज चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । यस पर्वलाई नेवार समुदायले चथा पर्वका रूपमा मनाउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२७ वर्षपछि दिल्लीमा भाजपाको कमब्याक, यी हुन् जितका कारण
-
राखेप सदस्य सचिवको कार्यकक्ष तोडफोड भएकोप्रति खेलकुद संघहरुको विरोध
-
सामन्थासँगको सम्बन्धविच्छेदबारे नागा चैतन्यले भने, 'मलाई अपराधीजस्तो व्यवहार गरियो'
-
कानुन व्यवसायी पार्षद् निर्वाचन : मतपरिणाम सार्वजनिक
-
दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा