मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन

शनिबार, २२ भदौ २०८१, १८ : ५७
शनिबार, २२ भदौ २०८१

बुटवल । बुटवलको मैनाबगरमा ‘अटो इन्जिनियरिङ कलेज’ स्थापना गर्ने योजना अगाडि बढाएको छ । बुटवल उपमहानगरपालिका र काठमाडौँ विश्वविद्यालयको सहयोगमा बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले जनाएको हो।

आज बुटवलमा पत्रकार सम्मेलनमा गरेर प्रतिवेदन सार्वजनिक गर्दै एसोसिएसनका अध्यक्ष तुलसीराम न्यौपानेले बुटवलमा सो कलेज स्थापनाका लागि वर्तमान शिक्षा ऐन नै बाधक रहेको बताए । न्यौपानेले बुटवलमा प्राविधिक धारको कलेज आवश्यक रहेको विषयमा बुटवल उपमहानगरपालिकाले पनि पटक पटक आवाज उठाउँदै आएको जिकिर गरे ।

बुटवलमा रहेको अटो भिलेजमा हाल १ हजार भन्दा बढी व्यवसायीहरू रहेको जनाइएको छ । जसमा ८ हजार भन्दा बढी कर्मचारीहरूले रोजगारी पाएको अटो इन्जिनियरिङ एसोसिएसनको तथ्याङ्क छ । 

यसमध्ये करिब २० प्रतिशत मात्रै डिप्लोमा लेभलको कोर्स पूरा गरेका दक्ष जनशक्ति रहेका छन् । अन्य सबै अन्य विषय पढेका वा व्यवहारिक सीप, दक्षता भएका जनशक्तिहरूले काम गर्दै आएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप