जनताका लागि जन्मिएको पार्टीले भ्रष्टाचार गर्न सक्दैन : उपसभापति अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जनतालाई केही दिन्छु भनेर आएको पार्टीले भ्रष्टाचार गर्न नसक्ने बताएका छन् ।
चार महिना सरकारमा बस्दा गरेका कामहरू देखेर राजनीतिक पेसा बनाएकाहरू तर्सिएको अर्यालले बताएका हुन् ।
शनिबार सिन्धुली–काठमाडौँ सम्पर्क विभाग गठन एवं बृहत् भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई केही दिन्छु भनेर आएको पार्टीले भ्रष्टाचार गर्न नसक्ने दाबी गरे । उनले भने, ‘चार महिना सरकारमा रहँदा भ्रष्टाचारका फाइलहरू खुल्दा राजनीतिक पेसा बनाएकाहरू तर्सिएका छन् । हामी विचलित हुनेवाला छैनौँ, परिमार्जन भएर अगाडि बढ्दै जान्छौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले भ्रष्टाचार गरे भने अथवा भ्रष्टाचार गरेको पुष्टि भयो भने जोगाउन सकिँदैन ।’
साथै उनले समय र परिस्थितिले जस्तो ठाउँमा पुर्याए पनि विचलित नभएको बताए । उनले भ्रष्टाचारलाई हटाउनकै लागि स्थापित भएको पार्टी कहिले विचलित नहुने दाबी गरे ।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका बारेमा २०७९ साल असार ७ गते राष्ट्रिय सभा गृहमा पार्टी सभापति रवि लामिछाने जे बोल्नु भएको थियो हामी त्यहीँ हौँ । भ्रष्टाचारलाई हटाउनकै लागि स्थापित भएका हौँ । त्यहीँ अडिग रहिरहनेछौँ । कतै विचलित भएका छैनौँ, चेन्ज भएका छैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
-
६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान