विभिन्न स्थानमा ७ जना मृत फेला
शनिबार, २२ भदौ २०८१, १८ : ०१

काठमाडौँ । सङ्खुवासभा र सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।
- सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राईको छोरा १७ वर्षीय मनोज राई (मंगले) सोही गाउँपालिका-३ स्थित खोङलुवा खोलाको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सल्यान, छत्रेश्वरी गाउँपालिका-२ गुरासे बस्ने ७२ वर्षीया रविदेवी कामी सोही गाउँपालिका-२ गतिन भन्ने ठाँउमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- यसैगरी सल्यान, कालिमाटी गाउँपालिका-६ भैसीदमार बस्ने ६२ वर्षीय कर्ण बहादुर रास्कोटी सोही गाउँपालिका-६ जुमखोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- झापा, दमक नगरपालिका-१० सेतुमारी डेरा गरी बस्ने ईलाम माङ्सेबुङ गाउँपालिका-६ बाझो घर भएका ४८ वर्षीय मेघराज बोहरा सोही ठाउँस्थित नालीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सर्लाही, लालबन्दी नगरपालिका-१ भिखारी टोल बस्ने ६२ वर्षीय श्याम बहादुर पाख्रिन सोही ठाउँस्थित उखु बारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- दाङ, तुलसीपुर उपमहानगरपालिका-११ पातुखोलाको किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४२ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- मोरङ, धनपालथान गाउँपालिका-६ पिण्डेश्वरी शिव मन्दिरस्थित पोखरीमा हाल, नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुरागाईं काममा फर्किएपछि काठमाडौँ महानगरका कर्मचारीले रोकिएको तलब पाए
-
गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक
-
संसदीय समितिले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्ने
-
सर्लाहीमा दिनदहाडै २२ लाख बराबरको चोरी
-
फेरि ३५ अर्ब खिच्दै राष्ट्र बैंक
-
गाजामा इजरायलको आक्रमण, एक पत्रकारसहित दुई जनाको मृत्यु