उत्पादन र उत्पादकत्व बढाउन किसानलाई प्रोत्साहन अनुदान : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुग्ध उत्पादक किसानलाई आकर्षित गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिएको बताए । अर्घाखाँची जिल्लाको पाणिनी पाउँपालिमा आज भएको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किसानको मागको आधारमा दुधमा दिँदै आएको प्रोत्साहन अनुदानको रकम बढाउन सकिने प्रतिबद्धता व्यक्त गरे ।
उनले दुध किसानहरूलाई आकर्षित गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान दिँदै आएको जानकारी दिए । प्रदेश सरकारले उत्पादन र उत्पादकत्व बढाउन दुध, माछा, मासु, अण्डा, मत्स्य ह्याचरी तथा नर्सरीमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान दिँदै आएको छ ।
दुधमा प्रति लिटर दुई रुपैयाँ, जिउँदो खसी, बोका र भेडाको हकमा प्रति किलो २५ रुपैयाँ, जिउँदो राँगा, बङ्गुर र माछामा प्रतिकिलो १५ रुपैयाँ उत्पादनमा आधारित प्रोत्साहन रकम दिँदै आएको हो । यस्तै अण्डा तर्फ प्रतिहजार अण्डामा दुई सय ५० रुपैयाँ दिइँदै आएको छ ।
प्रदेश सरकारले दिँदै आएको प्रतिफलमा आधारित प्रोत्साहन अनुदानका लागी सहकारी मार्फत वितरण हुँदै आएको छ । सहकारी मार्फत किसानले दुध, खसी, बोकाको कारोबार गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता