बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

डेंगु सङ्क्रमण बढेपछि रुपन्देहीमा खोज र नष्ट गर अभियान

शनिबार, २२ भदौ २०८१, १७ : २९
शनिबार, २२ भदौ २०८१

बुटवल । रुपन्देहीमा डेंगु सङ्क्रमण बढेपछि खोज र नष्ट गर(सर्च एण्ड डिस्ट्राेय) अभियान सञ्चालन गरिएको छ । डेंगु नियन्त्रण तथा रोकथामका लागि रुपन्देहीका १६ वटै स्थानीय तहमा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको हो । 

रुपन्देहीमा गत बैशाखदेखि यही भदौ १६ गतेसम्म १ सय ९८ जनमामा डेंगु सङ्क्रमण भेटिएको छ । सङ्क्रमण फैलँदै गएपछि स्थानीय तहमा अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत तथा सूचना अधिकारी भेषराज शर्माले बताए ।

डेंगु रोकथाम तथा नियन्त्रणका लागि १६ वटै पालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका, जनप्रतिनिधि, आमा समूह, विभिन्न क्लबहरू, विद्यालयका प्रतिनिधि र सरोकारवालाहरू खोज र नष्ट गर अभियानमा लागेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

डेंगु सङ्क्रमण भेटिएपछि सम्भावित ठाउँको पहिचान गरी सरसफाइ गर्न थालिएको छ । वर्षातका कारण पानी जमेका ठाउँ सफा गरिएको  छ।

सूचना अधिकारी  शर्माका अनुसार थप वर्षात भएपछि सफा पानी जमेका स्थानमा डेंगुको लार्भा हुर्किने र त्यसबाट सङ्क्रमण फैलिन सक्ने भएकाले त्यस्ता ठाउँलाई बढी निगरानी गरिएको छ । सङ्क्रमण ह्वात्तै फैलिने सक्ने सम्भावना रहेकाले अस्पतालमा आईसीयू बेड र आवश्यक उपचार सामग्री तयारी अवस्थामा राख्न जिल्ला प्रशासन कार्यालय  रुपन्देहीले निर्देशन दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप