वायु प्रदूषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले वायु प्रदूषणसम्बन्धी नीति बनाइने बताएकी छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । रानाले खुला फोरममार्फत सांसदहरूसँग बसेर वायु प्रदूषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताइन् ।
उनले जलवायु परिवर्तन र वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरूलाई धेरै असर परिरहेको भन्दै सोबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताइन् । शिक्षामा समावेशी ढाँचा हुनुपर्ने बताइन् । उनले भनिन्, ‘शिक्षामा पनि हाम्रो इन्क्लुसिभ फ्रेमवर्क हुनुपर्छ । डिसेब्लिटिजलाई काउन्सिलिङ गर्नेदेखि लिएर उनीहरूलाई कस्तो किसिमको इन्भायरोमेण्ट चाहिन्छ ? त्यो उनीहरूको लागि पनि सोच्नुपर्छ । इँटाभट्टामा काम गर्ने मजदुरहरूको सन्तानले धेरै नै कठिनाइ भोग्नुपर्छ । स्मोकबाट जुन इँटाहरू बनाइन्छ, त्यसले डाइरेक्ट बच्चालाई इफेक्ट हुन्छ । विश्वकै आँकडा हेर्ने हो भने धुवाँ पोलुसनले गर्दा धेरै मानिसको मृत्यु भइरहेको छ । यस्तो कुरालाई चिरेर लैजानुपर्छ ।’
उनले भनिन्– ‘म अहिले लुज फोरममा एयरपोलुसनमा पोलिसी बनाउने भनेर लागिरहेको छु । टाइनी भेन्टिलेशनले गर्दा धेरै बच्चाहरूको मृत्यु भइरहेको छ । ज्येष्ठ नागरिकहरू, महिलाहरूलाई विभिन्न रोग लागेर मृत्यु भइरहेको छ । त्यो कुरालाई पनि ध्यान दिएर एयरपोलुसन, क्लाइमेट चेन्जलाई पनि हामीले आवाज बुलन्द रूपमा उठाउनु पर्नेछ । मैले पोलिसीको लागि पनि ड्राफ्ट गरिरहेको छु ।’
उपसभामुख रानाले महिला, बालबालिकाहरूका लागि सरकारले छुट्टाएको बजेट कम रहेको भन्दै आपत्ति जनाइन् । उनले कानुन बनाएर मात्रै नहुने भन्दै बनाएका कानुनहरूको कार्यान्वयन गर्न जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा, फर्नान्डिसले गरे ह्याट्रिक
-
यस्तो छ विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भाइरल सङ्क्रमणले अस्पतालमा क्षमताभन्दा बढी बिरामी
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा