राष्ट्रवाद कोरा र सङ्कीर्ण हुनुहुँदैन : केपी ओली
शनिबार, २२ भदौ २०८१, १५ : २८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवाद कोरा र सङ्कीर्ण हुन नहुने बताएका छन् । शनिवार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले आफ्नो मात्रै राष्ट्रलाई फाइदा होस र अर्कोलाई जस्तोसुकै होस भन्ने राष्ट्रवाद हुन नहुने बताए ।
उनले भने– ‘कवि शिरोमणिले भनेझैँ मैँ खाऊँ, मै लाऊँ अरू सब मरुन् दुर्बलहरू भन्ने किसिमको राष्ट्रवाद हुनुहुँदैन । राष्ट्रवाद भन्ने बित्तिकै त्यहाँ न्याय चाहिन्छ । न्याय सहितको राष्ट्रवाद हुनुपर्दछ । अन्तर्राष्ट्रिय दायित्व सहितको राष्ट्रवाद हुनुपर्छ ।’
उनले अरू पनि राष्ट्र छन्, अरू पनि जिउँदै छन्, अरूका पनि भावना छन् भन्ने नबुझ्ने हो भने त्यो राष्ट्रवाद सङ्कीर्ण राष्ट्रवाद हुने र त्यस अन्यायपूर्ण राष्ट्रवाद मानिने बताए । ओलीले समानताको आधारमा राष्ट्रवाद हुनुपर्ने नेपाली भावना रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाली डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब