विद्यार्थीले ‘हाम्रो विराटनगर’ पढ्नै पाएनन्
विराटनगर । नेपालको संविधानले पालिकाहरूलाई पनि स्थानीय पाठ्यक्रम तयार पार्न सक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गर्दै विराटनगर महानगरपालिकाले महानगरभित्र सञ्चालित विद्यालयमा ‘हाम्रो विराटनगर’ विषयको पठनपाठन अनिवार्य गरेको छ । तर, उक्त पुस्तक अहिलेसम्म विद्यार्थीले पाउन नसकेको विद्यालयहरू बताउँछन् ।
विराटनगर नगर महानगरपालिकाले स्थानीय पाठ्यक्रम स्वीकृत गरी लागू गरेको पाँच वर्ष पूरा भइसकेको छ । शैक्षिक सत्र २०७७ सालदेखि स्थानीय पाठ्यक्रम अनुसार महानगरमा ‘हाम्रो विराटनगर’ विषयको पठनपाठन कक्षा १ देखि ८ सम्म अनिवार्य गरिएको छ । तर, विद्यार्थीहरूले भने उक्त पाठ्यपुस्तक देख्न पाएका छैनन् ।
प्रारम्भमा कक्षा १ देखि ३ सम्मबाट स्थानीय पाठ्यक्रम लागू गरेको महानगरले चालु शैक्षिक सत्रमा कक्षा ८ मा पनि पाठ्यक्रम अनिवार्य लागू गरेको छ । पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक तयार नगर्दा महानगरको विषयमा विद्यार्थीहरूले एकरूपले जानकारी पाउन नसकेको शिक्षकहरू बताउँछन् ।
स्थानीय पाठ्यक्रम लागू गरेको महानगरले हरेक कक्षामा १०० पूर्णाङ्कको परीक्षा लिने गरेको छ । सय पूर्णाङ्कको परीक्षाको तयारी गर्नुपर्ने विद्यार्थीलाई सन्दर्भ सामग्रीको अभाव हुँदा शिक्षकले पढाएको सीमित जानकारीमा आधारित हुनुपर्ने समस्या छ । वर्षमा १२८ घण्टा उक्त विषय पठनपाठन हुनुपर्ने व्यवस्था रहेकोमा विद्यालयहरूले मुस्किलले ३०–४० घण्टा मात्र उक्त विषय पढाउने गरेका छन् ।
भट्टराईले भने ‘शिक्षकसम्मका लागि पुस्तक उपलब्ध गराएका छौँ अब दसैँसम्ममा टेण्डर लगाएर पुस्तक छपाइको काम गर्छौँ, हामीलाई पुस्तकको पीडीएफप्रति प्राप्त भइसकेकोले यसै शैक्षिक सत्रमा कक्षा १–३ का विद्यार्थीले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो विराटनगर’ प्राप्त गर्नेछन् ।’
विराटनगर महानगरपालिकाले अहिलेसम्म कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तकको पीडीएफ सामग्री तयार गरेको जनाएको छ । महानगर शिक्षा समन्वय शाखाका प्रमुख कृष्णप्रसाद भट्टराईले कक्षा ३ सम्मको पाठ्यपुस्तक शिक्षकहरूको हातमा पुगिसकेको जानकारी दिए । उनले बाँकी कक्षाको पाठ्यपुस्तक लेखनको काम पनि सुरु गरेको जानकारी दिए । ‘पाठ्यपुस्तक नभए पनि हामीले पठनपाठनका लागि पाठ्यक्रम उपलब्ध गराएका छौँ, सोही पाठ्यक्रमका आधारमा विद्यालयहरूले पठनपाठन गर्दै आएका छन्,’ उनले भने ‘स्थानीय विषयवस्तु र सुने जानेकै विषय हुने भएकोले पाठ्यपुस्तक जरुरी पर्दैन भन्ने थियो तर शिक्षकहरूले पाठ्यपुस्तकबिना पठनपाठन सहज नहुने बताएपछि हामीले पुस्तक तयार गर्न थालेका छौँ, अहिलेसम्म कक्षा १ देखि ३ सम्मको पुस्तक तयार भइसकेको छ, बाँकी कक्षाका पाठ्यपुस्तक लेख्ने काम पनि सुरु गरिएको छ ।’
कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक पनि शिक्षकका लागि मात्र महानगरले उपलब्ध गराएको छ । भट्टराईले भने ‘शिक्षकसम्मका लागि पुस्तक उपलब्ध गराएका छौँ अब दसैँसम्ममा टेण्डर लगाएर पुस्तक छपाइको काम गर्छौँ, हामीलाई पुस्तकको पीडीएफप्रति प्राप्त भइसकेकोले यसै शैक्षिक सत्रमा कक्षा १–३ का विद्यार्थीले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो विराटनगर’ प्राप्त गर्नेछन् ।’
विराटनगर महानगरले लागू गरेको पाठ्यक्रम महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूका लागि अनिवार्य छ । तर अधिकांश संस्थागत विद्यालयहरूले भने हाम्रो विराटनगरको पाठ्यक्रम पठनपाठन गराइरहेका छैनन् । प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले संस्थागत विद्यालयहरूले स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो विराटनगर’ पढाइरहेको बताए । उनले भने ‘महानगरले लागू गरेको पाठ्यक्रम हामीले पढाइरहेका छौँ, तर विद्यार्थीको हातमा पुस्तक दिन भने सकिएको छैन, मिलाएर सबैले पढाइरहेकै छन् ।’
यसैबिच विराटनगर महानगरपालिकाले गत वर्षबाट सुरु गरेको खेल्दै सिक्दै कार्यक्रम सञ्चालन कार्यविधिमा परिमार्जन गरेर चालु शैक्षिक सत्रबाट लागू गरेको छ । हरेक मंगलबारका दिन कम्तीमा पाँच घण्टा विद्यार्थीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिरको विषयवस्तुमा आधारित ज्ञान दिने गरी तयार गरिएको कार्यविधि परिमार्जन गरी शुक्रबारका दिनलाई बुक फ्रि डे को रूपमा सञ्चालन गर्ने व्यवस्था गरेको छ । यो व्यवस्था सामुदायिक विद्यालयहरूमा करिब लागू गरिएको छ ।
तर संस्थागत विद्यालयहरूले भने सबैले लागू गरेका छैनन् । महानगरपालिकाले बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन, बालबालिकाको सामाजिक, बौद्धिक तथा संवेगात्मक सिपको विकास गर्न, राष्ट्रिय र सामाजिक भावना जागृत गराउन, स्थानीय कला, भाषा, संस्कृति संरक्षणमा योगदान गर्न, शारीरिक तथा मानसिक विकास गराउन, वातावरण, सरसफाइमा अभिप्रेरित गर्दै नेतृत्व क्षमता विकास गर्नका लागि यो कार्यविधि लागू गरेको जनाएको छ । तर त्यस अनुरुप व्यवहारमा कार्यान्वयन नहुँदा अतिरिक्त सिकाइतर्फ विद्यार्थीहरू कमजोर बन्दै गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा ल्याइयो
-
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
-
दरबारमार्गको लिक्विड लाउन्जमा युवकमाथि निर्घात कुटपिट, काभ्रेली समूहका ८ जना पक्राउ
-
महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख
-
प्रतितोला ११ सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?
-
भूमिकाको ‘आँखा मार्यो’ गीतमा मञ्जु थापाको नृत्य