२९ वर्षदेखि सलमानको सुरक्षा गर्दै आएका शेरा भन्छन्– म बाहेक भाइलाई कसैले सम्हाल्न सक्दैन

मुम्बई । बलिउड अभिनेता सलमान खानका अंगरक्षक शेराले सोहेल खानको आग्रहमा अभिनेताका लागि काम गर्न थालेको खुलासा गरेका छन् । शेरा विगत २९ वर्षदेखि सलमान खानको सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
जुमसँगको कुराकानीमा शेराले भने, ‘म बाहेक अरु कसैले मेरो भाइ (सलमान खान) लाई यति राम्रोसँग सम्हाल्न सक्दैन । उहाँले अंगरक्षकहरू धेरै परिवर्तन गर्नुहुन्छ, तर म यहाँसँग धेरै वर्षदेखि छु।’
‘सलमान खानसँग मेरो पहिलो भेट सोहेल खानमार्फत भएको थियो । स्टेज शोमा केही समस्या भएकाले सोहेलले उनीहरुको सुरक्षा चाहेका थिए । त्यतिबेला म पगडी लगाउँथेँ । मलाई देखेपछि सोहेल भाइले भन्नुभयो– तिमी सलमान भाइसँग किन बस्दैनौ ?,’ शेराले थपे, ‘यो सुन्ने बित्तिकै म राजी भएँ । सुरुमा म शोका लागि मात्र भाइसँग थिएँ । त्यसपछि बिस्तारै भाइसँग जोडिन थालेँ र त्यो सम्बन्ध आजसम्म कायम छ । हाम्रो नाता धेरै बलियो छ। म सरदार हुँ र उहाँ पठान हुनुहुन्छ । मैले भाइलाई भनेको छु– म जीवित रहेसम्म तिम्रो सेवा गर्नेछु।’
हालै शेराले १.४ करोड भारुको रेन्ज रोभर स्पोर्ट्स कार किनेका छन् । उनले पोस्टमार्फत यो जानकारी दिएका हुन् । उनले लेखेका थिए– ‘भगवानको आशीर्वादले हामी नयाँ सदस्यलाई घरमा स्वागत गर्छौं। शेराको जन्म मुम्बई के अंधेरीमा एक सिख परिवारमा भएको थियो । उनको असली नाम गुरमीत सिंह हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएका ५ अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा प्रस्तुत
-
यी हुन्, अनेरास्ववियुले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
‘अञ्जिला’ले कति पायो शो ?
-
असन्तुष्टिको आगोमा घिउ तप्ने काम भएको छ : गगन थापा
-
प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतारिने छ: प्रचण्ड
-
‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत