शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

निजामती सेवा दिवसमा वृक्षरोपण

शनिबार, २२ भदौ २०८१, १२ : २७
शनिबार, २२ भदौ २०८१

वीरगञ्ज । निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय परिसरमा आज विभिन्न प्रजातिका वृक्षरोपण गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले वृक्षरोपण गरेर निजामती दिवस मनाएको जानकारी दिए । कार्यालयका अनुसार आँप, कागती र अन्य विभिन्न प्रजातीका फूलसमेत वृक्षरोपण गरिएको थियो । सो अवसरमा पर्सा जिल्लाका रहेका सरकारी कार्यालय प्रमुख तथा कर्मचारीको पनि उपस्थिति रहेको थियो । 

यो वर्ष ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारासहित निजामति सेवा दिवस मनाइँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप