शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय
गणेश मूर्तिलाई नगर परिक्रमा गराइयो (तस्बिरहरू)

गणेश मूर्तिलाई नगर परिक्रमा गराइयो (तस्बिरहरू)

शनिबार, २२ भदौ २०८१

काठमाडौँ । आज गणेश चतुर्थी, विभिन्न स्थानमा रहेका गणेश मन्दिरहरूमा बिहानै देखि भक्तहरूको भिड लागेको छ । आज भक्तपुरको सूर्य विनायक नगरपालिका, सूर्य विनायक क्षेत्र प्रबन्ध समिति  र सूर्य विनायक युवा क्लबको संयुक्त आयोजनमा गणेश जात्रा गरिएको छ । 

गणेश चतुर्थीको दिन गरिने जात्रामा गणेशको मूर्तिलाई नगर परिक्रमा गराइ विभिन्न मन्दिर  मन्दिर लग्ने र अन्तिममा सूर्य विनायक चोकमा पुगी भोज प्रसाद ग्रहण गरी समापन गर्ने गरिन्छ । 

यो जात्रा सूर्यविनायक मन्दिरबाट सुरु हुने प्रचलन रहिआएको छ । आजको दिन काठमाडौँ उपत्यकासहित देशभरका गणेश मन्दिरमा गणेश जात्रा गर्ने परम्परा छ ।  तस्बिर : नेपाल फोटो लाइब्रेरी

Ganesh Chaturdasi_jatra_NPL1Ganesh Chaturdasi_jatra_NPL2Ganesh Chaturdasi_jatra_NPL4Ganesh Chaturdasi_jatra_NPL7Ganesh Chaturdasi_jatra_NPL8Ganesh Chaturdasi_jatra_NPL9Ganesh Chaturdasi_jatra_NPL10Ganesh Chaturdasi_jatra_NPL11Ganesh Chaturdasi_jatra_NPL12

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया