कर्मचारीको तलब वृद्धि गर्न सक्ने अवस्था छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्न सक्ने अवस्था नरहेको बताएका छन् । शनिवार काठमाडौँमा २१ औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कर्मचारीहरूका समस्याका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताए । उनले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनाखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्न सक्ने अवस्था नरहेको जिकिर गरे ।
उनले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरूको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउन सके पछि पारिश्रमिक र सुविधा पनि बढ्ने बताए । ओलीले नियोजित र प्रायोजित रूपमा सरकारको विरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रूपमा लिने गरिएको बताए ।
उनले भने, ‘कर्मचारीका समस्या आएका छन् । म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनाखा वृद्धि गरिदिने मान्छे हुँ । पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ । अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सक्ने स्थिति छैन । देशको अर्थतन्त्रले गर्न सम्भव छैन । मेरो मनले मात्रै सम्भव हुँदो रहनेछ । अहिले अलिकति हामीले मनलाई दह्रो बनाएर कठिनाइहरू छन्, तिनीहरूको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढायौँ भने हाम्रो पारिश्रमिक र सुविधा पनि बढ्छ । सबै चिज बढ्छ ।’
प्रधानमन्त्री ओलीले संस्कृति, सभ्यता, सामाजिक मूल्यहरूलाई कमजोर बनाउने काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण
-
‘असन्तुष्टि सम्बोधन नभए दलहरूभित्रै विद्रोह हुन सक्छ’
-
अफगानिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
शिक्षक आन्दोलनमा नेविसंघको ऐक्यबद्धता
-
अमेरिकामा नेतान्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद