मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

आक्रमणको धम्कीपछि भारतीय यात्रुवाहक विमान टर्कीमा आपत्कालीन अवतरण

शनिबार, २२ भदौ २०८१, ०९ : ४७
शनिबार, २२ भदौ २०८१

काठमाडौँ । मुम्बईबाट फ्रान्कफर्ट जाँदै गरेको एयर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रवार पूर्वी टर्कीमा आपत्कालीन अवतरण गरेको छ । २४७ यात्रु र चालक दलका सदस्य बोकेको विमान एर्जुरम विमानस्थलमा अवतरण गरेको थियो । 

धम्की दिनेको खोजी भइरहेको बताइएको छ । भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम विस्ताराले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन ।

टर्कीका अधिकारीहरूले अहिलेसम्म बमको खतरा वा चेतावनीबारे विस्तृत विवरण दिएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप