त्यसै कहाँ भनिएको हो र, काठमाडौँलाई कङ्क्रिटको सहर ? (फोटो फिचर)
![त्यसै कहाँ भनिएको हो र, काठमाडौँलाई कङ्क्रिटको सहर ? (फोटो फिचर)](https://npcdn.ratopati.com/media/news/kathmandy-valley-(1)_BYTdbdFhQJ.jpg)
काठमाडौँ । सहरलाई विभिन्न रूपमा परिभाषित गर्न सकिन्छ । व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोबास भएको सुन्दर बस्ती नै सहर हो । सहरमा विकास निर्माणका प्रक्रिया तीव्र रूपमा अघि बढिरहेका हुन्छन् ।
राज्यका विशाल संरचना पनि त्यही सहरमा बनाइएको हुन्छ । राज्यले प्रदान गर्ने मुख्य सेवा–सुविधा सहरमै केन्द्रित हुन्छन् । हामीकहाँ सहरको विकासलाई हेर्ने हो भने व्यावसायिक र प्रशासनिक केन्द्रको रूपमा सहर विकास भएको देखिन्छ ।
अहिले धेरै गाउँघर सहरीकरण भइरहेका छन् । यो विश्वकै स्थिति हो भन्दा पनि हुन्छ । अरू देशका अभ्यासलाई हेर्ने हो भने एउटै सहरमा करोडौं मानिसको बसोबास पनि भइरहेको देखिन्छ । पुरानो काठमाडौँ र अहिलेको काठमाडौँमा धेरै फरक पाइन्छ । पुरानो काठमाडौँको सौन्दर्यता अहिले मासिएको छ । जथाभाबी फोहोर, अस्तव्यस्त भवन निर्माण आदिले सहरको सौन्दर्यता मेटिएको छ । एकै किसिमका घरहरू छैनन् । निर्माण गतिविधि झनै अस्तव्यस्त छ । त्यसको प्रमाण काठमाडौँका अग्ला घरहरूबाट एक पटक नियाल्दा स्पष्ट हुन्छ ।
त्यसै काठमाडौँ सहरलाई कङ्क्रिटको सहर भनिएको होइन । पुरानो काठमाडौँ हेर्दा युरोप जस्तै देखिन्थ्यो तर अहिले कङ्क्रिटको पहाड बनेको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालले खिचेका केही तस्बिरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेश लोकतन्त्रको भावना विपरीत : उपाध्यक्ष श्रेष्ठ
-
ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
-
यो सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा
-
भरुवा बन्दुकसँग खेल्दा दाइले चलाएको गोली लागेर भाइको मृत्यु
-
तीन तहका सरकारबाट लागू गरिएका कतिपय करबारे पुनर्विचार गर्नुपर्छ : पूर्वगभर्नर क्षेत्री
-
नेपालले लुट, भ्रष्टाचार र कर आतंकले विश्वमै रेकर्ड बनायो : प्रभु साह