मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबीबीएसको पढाइ हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ ।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेटेका थिए ।
सोही क्रममा उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गरेका थिए ।
प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरियामा नेपाली युवकले आत्महत्या गरेपछि बाँकीले कम्पनी छाड्दै
-
यस्तो छ आगामी साता सार्वजनिक हुने एमजी एस फाइभ ईभी गाडीको टेस्ट ड्राइभ
-
सरकारद्वारा ७८ सहसचिवको सरुवा, को–कहाँ ? (सूचीसहित)
-
सर्वनाममा चैत १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल
-
अर्थ मन्त्रालयद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि समिति गठन
-
बैंकर्स संघको आश्वासन, ‘बैंकका कर्मचारीको ट्रेड युनियन अधिकार गुम्दैन’