भारतद्वारा ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण
शनिबार, २२ भदौ २०८१, ०७ : ३१

ओडिशा । भारतले शुक्रबार मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि-४ सफलतापूर्वक प्रक्षेपण गरेको छ । रक्षा मन्त्रालयको बयानका अनुसार यसलाई ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको थियो।
यो प्रक्षेपणले यसको परिचालन र प्राविधिक मापदण्डहरू पूरा गरेको जानकारी दिइएको छ। अग्नि-४ मिसाइल स्ट्रेटजिक फोर्सेज कमान्ड अन्तर्गत प्रक्षेपण गरिएको थियो।
अग्नि-४ को सफल परीक्षणलाई भारतका लागि निकै महत्त्वपूर्ण मानिएको छ किनभने यो भारतको परमाणु प्रतिरोध कार्यक्रमको हिस्सा हो। अग्नि–४ मिसाइलको दायरा ४ हजार किलोमिटरभन्दा बढी छ ।
भारतले यो वर्षको अप्रिलमा ओडिशाको तटमा रहेको अब्दुल कलाम टापुबाट १ हजार देखि २ हजार किलोमिटरसम्म मार हान्न सक्ने नयाँ पुस्ताको परमाणु सक्षम अग्नि प्राइम ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम्रो गर्न खोज्दा असफल बनाउने गरेको प्रधानमन्त्रीको गुनासो
-
राप्रपाका प्रवक्तालाई प्रश्नः तपाईंहरुको आन्दोलन किन ?
-
फिफाले फुकुवा गर्यो पाकिस्तानी फुटबलमाथि लगाइएको प्रतिबन्ध
-
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी
-
रामायणमा सुवर्णखाको भूमिकाबाट किन काटियो कुब्रा सैतको पत्ता ?
-
नेपाल पिछडावर्ग महासंघको प्रदर्शन, तस्बिरहरू