शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

बन्द स्टेडियममा खेलाइएको खेलमा बेल्जियमले इजरायललाई हरायो

शनिबार, २२ भदौ २०८१, ०७ : ०७
शनिबार, २२ भदौ २०८१

हंगेरी । केभिन डी ब्रुयनाले दुई गोल गरेपछि यूईएफए नेसन्स लिगमा बेल्जियमले इजरायललाई सजिलै हराएको छ । शुक्रबार राति हंगेरीमा बन्द स्टेडियमभित्र खेलाइएको खेलमा बेल्जियमले ३–१ गोलको जित हासिल गर्न सफल भएको हो ।

इजरायल–हमास युद्ध जारी रहेका बेला बेल्जियमका थुप्रै सहरले सुरक्षाको कारण देखाउँदै यो खेल आयोजना गर्न अस्वीकार गरेका थिए । त्यसपछि खेल हंगेरीमा बिना दर्शक खेलाउने निर्णय गरिएको थियो । गत अक्टोबरमा बेल्जियम र स्विडेनबिचको युरो २०२४ छनोट खेलअघि एक बन्दुकधारीले दुई स्विडिस समर्थकको हत्या गरेका थिए ।

खेलको २१ औँ मिनेटमा डी ब्रुयनाले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । तर, ३८ औँ मिनेटमा टिमोथी कास्टाग्नेले आत्मघाती गोल गरेपछि इजरायलले बराबरी गोल फर्कायो ।

दोस्रो हाफको सुरुवातमा नै योरी टिलेमान्सले पुनः बेल्जियमलाई अग्रता दिलाए । चार मिनेटपछि कप्तान डी ब्रयुनाले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई जित दिलाए । बेल्जियमले यसपछि पनि अर्को पेनाल्टी पाएको थियो । तर, लोइस ओपेन्डाको प्रहार गोलकिपरले रोकेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप