घरेलु मैदानमा इटालीसँग फ्रान्स स्तब्ध
शनिबार, २२ भदौ २०८१, ०६ : ३४

पेरिस । इटालीले फ्रान्सलाई उसैको घरेलु मैदानमा पराजित गर्न सफल भएको छ । शुक्रबार राति भएको यूईएफए नेसन्स लिग अन्तरगतको खेलमा इटाली ३–१ गोलले विजयी बन्यो ।
खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । १२ औँ सेकेण्डमा नै ब्राड्ली बारकोलाले इटालियन खेलाडीको पासलाई हस्तक्षेप गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यमा फेडेरिको डिमार्कोले सान्ड्रो टोनालीको क्रसमा उत्कृष्ट भलीमार्फत खेल बराबरी गरे ।
दोस्रो हाफको ५० औँ मिनेटमा इन्टर मिलानका फ्राट्टेसीले इटालीलाई पार्क डेस प्रिन्सेसमा अग्रता दिलाए । ७४ औँ मिनेटमा जियाकोमो रास्पाडोरीले गोल गर्दै इटालीको जित सुनिश्चित गरे ।
खेलमा आर्सनलका डिफेन्डर रिकार्डो कालाफिओरी घाइते भएका छन् । ओसमान डेम्बेलेसँग जुध्दा उनको खुट्टामा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेयस-इशान बीसीसीआईको केन्द्रीय सम्झौतामा फर्किए, रोहित-विराट ए प्लस ग्रेडमा कायमै
-
खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिन्छ : सभामुख घिमिरे
-
९ महिनामा ४७ अर्बको खाद्यान्न आयात, निर्यात कति ?
-
एसियन कप छनोटलाई ध्यानमा राखी महिला टोलीको प्रमुख प्रशिक्षक खोज्दै एन्फा
-
किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
-
वन क्षेत्रमा निजी विद्यालय, ठाउँ खाली गर्न वन कार्यालयको निर्देशन