दुई क्विन्टल बढी गाजासहित तीन जना पक्राउ

सिराहा । सिराहा प्रहरीले करिब दुई क्विन्टल गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । सिराहाको कर्जन्हा नगरपालिका १० स्कुल टोलबाट दुई सय १७ किलो गाँजा र एकजना भारतीय नागरिकसहित तीन जनालाई शुक्रवार अपराह्न नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ वर्षीय बिहारी मुखियाको गोठबाट सो गाँजा बरामद गरिएको हो । प्लास्टिकको १४ वटा पोका बनाइ राखिएको अवस्थामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
प्रहरीले गाँजा ओसारपसारको आशङ्कामा भारतको विहार राज्य, मधुबनी बलरा थाना १२ नम्बर वडाका २१ वर्षीय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षीय खडकबहादुर तामाङ र स्थानीय ४० वर्षीया चानोदेबी मुखियालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु
-
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु