बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

पोतोङतार्नको थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण

शुक्रबार, २१ भदौ २०८१, २१ : ५०
शुक्रबार, २१ भदौ २०८१

बैंकक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा शुक्रबार पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पोतोङ्तार्नले थाइल्याण्डका राजा महा वजिरालोङ्कर्नसँग स्थानीय समय अनुसार साँझ ६ः१५ बजे बन्द कोठामा आयोजित समारोहबीच शपथ लिएकी हुन् ।

पोतोङुतार्नको सपथ ग्रहणसँगै प्रर्व प्रधानमन्त्रीलाई पदबाट हटाएको र मुख्य विपक्षी दल विघटन भएको एक महिनाको राजनीतिक गतिरोध अन्त्य भएको छ ।  पेतोङ्तार्नले सपथपछि सरकारी गाडीमा चढ्नुअघि र सरकारी भवनबाट निस्कनुअघि पत्रकारहरूलाई अभिवादन गरेको भिडियो थाई सञ्चारमाध्यमले देखाएका छन् । 

सपथग्रहणपछि थाई नरेशले आफ्नो नयाँ मन्त्रीमण्डललाई बधाई दिँदै टेलिभिजनमा प्रसारित सम्बोधनमा वजिरालोङ्कर्नले भने, “मलाई विश्वास छ कि तपाईंले आफ्नो कर्तव्यहरू उत्कृष्टताका साथ पूरा गर्नुहुनेछ। ”
राज्यको संवैधानिक अदालतले अगस्टको मध्यमा आपराधिक अभियोग लागेका एक क्याबिनेट मन्त्री नियुक्त गरेको आरोपमा फेउ थाई पार्टीका सेरेथा थाभिसिनलाई बर्खास्त गरेपछि उनको स्थानमा पोतोङतार्नलाई नियुक्त गरिएको हो । 

सार्वजनिक प्रसारक थाई पीबीएसका अनुसार पेतोङतार्नको ३६ सदस्यीय मन्त्रिमण्डलमा आठ जना महिला छन् । यो जुन थाइल्याण्डका लागि एक रेकर्ड हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप