राप्रपा अध्यक्ष लिङ्देन र कांग्रेस बिपीका अध्यक्ष शेरचनबिच समसामयिक विषयमा छलफल
शुक्रबार, २१ भदौ २०८१, १८ : ३६

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेस (बिपी) का अध्यक्ष सुशीलमान शेरचन नेतृत्वको प्रतिनिधिमण्डलबिच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको छ ।
राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको भेटमा देशको दीर्घकालीन हित, दिगो शान्ति र स्थिरताका लागि राजसंस्थाको अपरिहार्यताका बारेमा बृहत् कुराकानी भएको हो ।
विचार मिल्नेहरू एक ठाउँमा उभिएर दह्रो राष्ट्रवादी शक्ति बनाउनुपर्ने विषयमा घनीभूत छलफल भएको छ । प्रतिनिधिमण्डलमा नेपाली कांग्रेस बिपीका महामन्त्री देवेन्द्र पौडेल र हेमन्त मल्ल, नेताहरू पूर्वमन्त्री झलकनाथ वाग्ले, जगन्नाथ घिमिरे, टिकेन्द्र कार्की लगायत थिए भने राप्रपाबाट प्रवक्ता गोपाल दाहाल सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन