द्वन्द्वपीडितका समस्या समाधानका लागि नेसपाले प्रधानमन्त्रीलाई बुझायो १९ बुँदे ज्ञापनपत्र
शुक्रबार, २१ भदौ २०८१, १७ : ३५

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)ले बृहत् शान्ति सम्झौता, संविधानको भावना तथा राष्ट्रिय सहमतिका आधारमा द्वन्द्वपीडितका मागहरू पुरा गर्न आग्रह गरेको छ । नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरेको हो ।
ज्ञापनपत्रमा सत्तानिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग यथाशीघ्र गठन गर्नुपर्ने, सशस्त्र द्वन्द्वका पीडितका प्रतिनिधिलाई आयोगमा समावेश गराउनुपर्ने, ऐनमा पीडितहरूले पाउने परिपूरण स्पष्ट पार्नुपर्ने लगायत १८ बुँदे माग रहेका छन् । साथै प्रमुख राजनीतिक दलहरूलाई सहमतिमा ल्याएर सङ्क्रमणकालीन विधेयक पारित गरेकोमा सरकारलाई धन्यवाद दिइएको छ ।
के–के छन् मागहरू ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको नामसँग जोडियो यो गजबको कीर्तिमान ! जितको श्रेय नुर अहमदलाई
-
सरकारी योजना बिक्रीबारे प्रदेश सभामा उठेको विषयले मधेस तरङ्गित
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर