विदेशी दूतावासमा पनि मनाइयाे तिज

काठमाडौँ । नेपाली महिलाहरूले मनाउने हरितालिका तिज पर्व नेपालमा रहेका कूटनीतिक नियोग तथा राजदूतावासहरूमा पनि मनाइएकाे छ । नेपालस्थित अमेरिका र बेलायत लगायतका दूतावासहरूमा तिज कार्यक्रमकाे आयोजना गरिएको हो ।
अमेरिकी दूतावासभित्र मनाइएको तिजमा नेपालका लागि अमेरिकी राजदूत डीन आर.थमप्सन र उनकी श्रीमती जेन पनि सहभागी थिए । राजदूत थमप्सनले भने, ‘यसवर्ष दूतावासले आयोजना गरेको अद्भुत तिज उत्सवमा सामेल भयौँ । हामी यस छुट्टीमा महिलाहरूको शक्तिलाई गहिरो प्रशंसा गर्छौँ ।’
यसैगरी नेपालस्थित बेलायत दूतावासले पनि दूतावासभित्रै नाचगान गरी तिज पर्व धूमधामका साथ मनाएको छ । दैनिक जीवनका सबै तनाव बिर्सेर नाच्ने र रमाइलो गर्नेमा तीजको सुन्दरता निहित रहेको बेलायती दूतावासले जनाएको छ । तिजको अवसरमा दूतावास परिवारले रमाइलो गरेको पनि जनाइएको छ ।
अन्य कूटनीतिक नियोग तथा दूतावासहरूमा पनि नाचगान तथा खानपिन गरी तीज पर्व मनाइएको छ । नेपाल घुम्न आएका विदेशी पर्यटकहरूले पनि नेपाली महिलाको यो पर्वमा सामेल भएर रमाइलो गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरिक्षमा डेटा सेन्टर खोल्दै छ अमेरिकी कम्पनी
-
टीकाको गीतसंग्रह ‘माटोको सुगन्ध’ लोकार्पण
-
माधवनारायण गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध राज्यव्यवस्था समितिमा उजुरी
-
एक सातामा ३२.६९ अंकले घट्यो नेप्से
-
दुर्गा प्रसाईं सवार जहाज केहीबेरमा काठमाडौँ विमानस्थलमा अवतरण हुँदै
-
पत्रकार हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण