फिल्म ‘बलिदान’को छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘बलिदान’को छायाङ्कन ‘प्रविधि पूजा’सँगै शुभारम्भ गरिएको छ । हरितालिका तीजको अवसर पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा शुक्रवार पूजा गर्दै फिल्मको शुभसाइत गरिएको हो ।
शनिवार मोरङको इटहरीमा फिल्मको पहिलो सट लिइने छ, जसमा अभिनेत्री ऋचा शर्मा र केही बालकालकारहरूको दृश्य रहनेछ । निर्देशक सन्तोष सेनका अनुसार, केही दिनपछि समीर भट्ट, अर्पण थापा, सौगात मल्ल, र दिव्य देवलगायतका कलाकारको छायाङ्कन हुनेछ ।
फिल्मको कथा नेपालको माटोमाथि भइरहेको शोषण, निरङ्कुशता, र समाजका तथाकथित नाइकेहरूको अत्याचारमा आधारित छ ।
‘बलिदान’लाई दक्षिण भारतका चर्चित प्राविधिकहरू, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि लगायत ५० जनाको प्राविधिक टोलीले निर्माण गर्नेछ । फिल्म छायांकनका लागि इटहरीस्थित बिएमसी स्टुडियोमा भव्य सेट तयार गरिएको छ भने विराटनगर क्षेत्रमा पनि सेट निर्माण भएको छ । करिब ६० प्रतिशत छायाङ्कन सेटमै हुने निर्देशक सेनले जानकारी दिए ।
फिल्ममा अभिनेता बिराज भट्टका छोरा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्य देव र ऋचा शर्माको पनि मुख्य भूमिका रहनेछ । आसुसेन फिल्मस् प्रा.लि. र सन्तोष सेनको प्रस्तुति रहेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र सह–निर्माता प्रेम पुरी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन