असोज ३ मा श्रममन्त्री जापान जाने, मन्त्रिपरिषद्ले दियो स्वीकृति
![असोज ३ मा श्रममन्त्री जापान जाने, मन्त्रिपरिषद्ले दियो स्वीकृति](https://npcdn.ratopati.com/media/news/sharatsingh-bhandari_8PFPqLmlIs.jpg)
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी आगामी असोज ३ गते जापान जाने भएका छन् । जापानको टोकियोमा असोज ३ गते हुने जापान–नेपाल रोजगार सम्मेलनमा भाग लिन भण्डारी जाने भएका हुन् ।
त्यसका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री भण्डारीको जापान भ्रमण स्वीकृत गरेको हो ।
भण्डारीको जापान भ्रमणका लागि श्रम मन्त्रालयको तर्फबाट मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको थियो ।
नेपालबाट भाषा सिक्नका लागि सबैभन्दा बढी विद्यार्थी जापान जाने गरेका छन् । जापानमा पढ्नका लागि सिधै जाने पाउँदैन । त्यसका लागि निश्चित समयावधिमा भाषा सिक्नुपर्ने हुन्छ । त्यसपछि मात्रै जापानका विश्वविद्यालय तथा कलेजहरूमा कोर्स पढ्न पाउँछन् ।
त्यस्तै कामदारको रूपमा समेत नेपालीहरू जापान जाने गरेका छन् । जापानमा एसएसडब्लू प्रणाली अनुसार कामदार लैजाने प्रक्रिया अघि बढेको लामो समय भयो । तर, हालसम्म उक्त प्रक्रियाबाट जान सकेका छैनन् ।
मन्त्रीको जापान भ्रमणको क्रममा नेपाली श्रमिकहरूको विषयमा समेत छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु