दुर्घटनामा बालकसहित दुई जनाको मृत्यु

झापा । झापामा दुई भिन्न दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
यही भदौ १८ गते झापाको अर्जुनधारा नगरपालिका–११ गिरीबन्धु टि–स्टेटस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते एक जनाको आज मृत्यु भएको हो । मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका–५ का २४ वर्षीय दिवाङकर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
बिर्तामोडको मुक्ति चोकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे१०प ३५४४ नम्बरको मोटरसाइकल र धुलाबारीबाट मुक्ति चोकतर्फ आउँदै गरेको ना५ख ९१२२ नम्बरको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकल चालक राई र पछाडि सवार मोरङ सुन्दरहरैँचा नगरपालिका–१० का २८ वर्षीय सुवोद बस्नेत घाइते भएका थिए ।
घाइते उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा मोटरसाइकल चालक राईको आज बिहान ८ः४५ बजे मृत्यु भएको हो । प्रहरीले ट्रक र ट्रकचालक अर्जुनधारा–६ का ३१ वर्षीय सञ्जय माझीलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, झापाको कनकाई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । हिजो बेलुका कनकाई–५ चपरमारीस्थित भित्री सडक खण्डमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नम्बरको मोरटसाइकलले बाटो काट्दै गरेको सोही स्थानका चार वर्षीय बालक आर्यन टुडूलाई ठक्कर दिएको थियो ।
घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लागिए पनि थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालकलाई ठक्कर दिने मोटरसाइकल चालक झापा गाउँपालिका–२ का २४ वर्षीय वसन्त मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा
-
आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?