लोसपाले परिवर्तनकारी शक्तिसँग सहकार्य गर्ने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले परिवर्तनकारी शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
लोसपाका महासचिव डा.सुरेन्द्र झाले देशमा परिवर्तन ल्याउनमा भूमिका खेलेका दलसँग मात्र सहकार्य गरेर अगाडि बढ्ने निर्णय भएको बताए । उनले बृहत् राजनीतिक शक्ति निर्माणका लागि डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाहेक अन्य दलहरूसँग सहकार्य गर्नेबारे छलफल भएको बताए ।
महासचिव झाले जनमत पार्टी अझै आफ्नो मुद्दा र एजेण्डामा स्पष्ट नरहेको कारण तत्कालै सहकार्यको सम्भावना नरहेको बताए । पहिलो चरणमा संघीयता, लोकतन्त्र, समावेशी ल्याउनका लागि योगदान दिएका दलहरूसँग गठबन्धन वा सहकार्य गर्ने कुरा भएको उनले बताए । जसपा नेपाल, जसपा, नागरिक उन्मुक्ति पार्टीलगायतका दलसँग सहकार्यका लागि छलफल अगाडि बढाउने बताउँदै उनले सुरुकै अवस्थामा एकता नभई गठबन्धन वा मोर्चा बन्न सक्ने सम्भावना रहेको बताए ।
लोसपाले पार्टी छाडेर गएका तथा अलग भएका समूह तथा व्यक्तिलाई घरफिर्तीका लागि आग्रह गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बृहत् राजनीतिक शक्ति अभियान निर्माणमा सहकार्य गरेका सबै व्यक्ति र शक्तिलाई आजको बैठकले सर्व सम्मतले घर–वापसीको लागि आह्वान गर्दछ ।’
एसईईको परिणाम खस्किँदै गएकोमा मुख्य कारण विषयगत शिक्षकहरूको अभाव र समय सापेक्ष पाठ्यक्रम नभएको लोसपाको निष्कर्ष छ । लोसपाले विषयगत शिक्षकको नियुक्ति यथाशीघ्र गरी समय सापेक्ष सीपमूलक पाठ्यक्रमको निर्माणको माग गरेका छन् ।
त्यस्तै, मधेस प्रदेशलगायत अन्य जिल्लामा बालीनाली सुख्खाग्रस्त भएकाले किसानका लागि अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गर्न लोसपाले माग गरेको छ । यस्तै लोसपाले उखु किसानले हालसम्म नेपाल सरकारबाट पाउनुपर्ने अनुदान रकम प्राप्त गर्न नसकेकाले सो रकम तत्काल दिन सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा