एन्फा महिला लिग : चन्द्रपुर नगरपालिका र संकटा क्लबले अंक बाँडे
काठमाडौँ । एन्फा महिला लिग फुटबलको शुक्रबार खेलिएको खेलमा चन्द्रपुर नगरपालिका र संकटा क्लबले अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलिएको उक्त खेलमा चन्द्रपुर र संकटाले गोलरहित बराबरी खेल्दै एक–एक अंक हात पारेका हुन् ।
जारी महिला लिगमा चन्द्रपुरको यो दोस्रो बराबरी हो । यसअघि आफ्नो पहिलो खेलमा चन्द्रपुरको टोलीले कर्णाली प्रदेशसँग बराबरी खेलेको थियो । संकटाले हात पारेको भने यो पहिलो अंक हो । यसअघि आफ्नो पहिलो खेलमा संकटा क्लब त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको महिला लिगमा १० वटा टोलीको सहभागिता रहेको छ । पहिलो चरणमा सहभागी सबै टोलीले एक–अर्काको सामना गर्नेछन् । आफ्नो दुईवटै खेलमा जित हात पारेको कोशी प्रदेश ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।
दुई खेलमा बराबरीको नतिजा निकालेको चन्द्रपुर दुई अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको संकटा क्लब भने एक अंकसहित तालिकाको नवौँ स्थानमा आसिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ती भारतीय स्वतन्त्रताका सेनानी, जो नेपालको राणाशासनविरुद्ध लडेर सहिद भए
-
शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तालिम पाठ्यक्रम स्वीकृत
-
चितवनमा हात्ती तथा पर्यटन महोत्सव सुरु, तस्बिरहरु
-
गौतम बुद्ध रंगशाला निर्माणका लागि रकम निकासा गर्ने बागमती सरकारको निर्णय
-
चुम्बन गर्दा सर्छ माउथ अल्सर ?
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत