समाचार
१० महिनापछि औपचारिक रूपमा हट्यो टिकटकमाथिको प्रतिबन्ध
शुक्रबार, २१ भदौ २०८१, १४ : ४५
काठमाडौँ । सरकारले औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको हो ।
प्राधिकरणले साउन ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटक खुला गर्न सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरिसकेको उक्त सूचनामार्फत जनाएको छ ।
यससँगै अब सबै नेटवर्कमा टिकटक चल्न थालेको छ ।
टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै २०८० कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । १० महिनापछि टिकटक खुलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रभावित क्षेत्रमा सरकारको उपस्थिति फितलो भयो : लामा
-
नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
-
मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह
-
अग्रगामी विकास गर्ने लक्ष्यका साथ अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ
-
मुकेश र विनाले जिते स्वर्ण
-
‘मायावी’ मेरो दोस्रो सन्तान हो : अभिनेत्री दीपिका